Nepal Times
Nepal Times
351
Shares

हनी सिंहले १२ वर्षको वैवाहिक सम्बन्ध टुंग्याए,कारण हिंसा

हनी सिंहले १२ वर्षको वैवाहिक सम्बन्ध टुंग्याए,कारण हिंसा

२२ कार्तिक,एजेन्सी ।
भारतीय ¥यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्। बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार दिल्लीको परिवारिक अदालतले उनीहरूलाई सम्बन्ध विच्छेदलाई अनुमति दिएको हो। साढे २ वर्षदेखि उनीहरूको सम्बन्ध विच्छेद मुद्दा अदालतमा चलिरहेको थियो।

सालिनीले हनीविरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन्। उनले हनी सिंह र उनको परिवारबाट पटक–पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन्। उनका अनुसार उनले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेको ठानेर रिसमा हनी सिंहले निर्दयी ढंगले पिटेका थिए।

हनी बाहिर अन्य महिलासँग पनि सम्बन्धमा रहेको र ’ब्राउन रङ दे गीत’ को सुटिङको क्रममा एक महिला सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको सालिनीले दाबी गरेकी थिइन्। यसैविरुद्ध उनले १० करोड भारू क्षतिपूर्तिको माग गरेकी थिइन्। केही समयपछि दुवै पक्षबीच सहमति भएपछि सालिनीले मुद्दा फिर्ता लिएकी थिइन्।

अदालतले हनीलाई सालिनीसँग आफ्नो वैवाहिक सम्बन्धलाई अर्काे अवसर दिन चाहन्छौं भनेर सोध्दा हनीले सालिनीसँग बस्नु कुनै औचित्य नभएको बताएका थिए। हनी र सालिनीले सन् २०११ मा विवाह गरेका थिए। तर सन् २०१४ मा आएर मात्र हनी सिंह वैवाहिक पुरुष हुन् भन्ने खुलासा भएको थियो। उनले आफ्नो गायन करियरमा बाधा नआओस् भन्ने उद्देश्यका साथ वैवाहिक सम्बन्धबारे बोलेका थिएनन्।

डिसेम्बर २०२२ मा आयोजित एक कार्यक्रममा हनीले आफ्नी प्रेमिका टीना थडानीको बारेमा आधिकारिक जानकारी दिएका थिए । अनी अहिले एक क्यानेडियन मोडलसँग सम्बन्धमा रहेको भारतीय संचारमाध्यामहरुले दावी गरेका छन् । एक अन्तर्वार्तामा हनीले टिनालाई पहिलो पटक दुबईमा भेटेको बताएका थिए ।

टिना मुम्बईमा बस्ने क्यानेडियन मोडल र अभिनेत्री हुन्। उनी हनी सिंहको गीत ‘पेरिस का ट्रिप’ मा पनि मुख्य भूमिकामा देखिएकी थिइन् । यसैबीच हनी गम्भीर मानसिक रोग, वाइपोलर डिस्अर्डरबाट पीडित छन्। एक अन्तर्वार्तामा हनीले भनेका थिए‘सत्य यो हो कि म बाइपोलर डिसअर्डरसँग संघर्ष गरिरहेको छु ।

यो सबै १८ महिनासम्म चल्यो, जसमा मैले चार डाक्टर परिवर्तन गरें। औषधिले मलाई काम गर्दैन। मलाई अनौठो कुराहरू भइरहेका थिए। बाइपोलर डिसअर्डरसँगै हनी मदिरा लतको शिकार भएका थिए ।यसका लागि उनले उपचार पनि गर्नुपरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.