कोप–२८ कालागि प्रधानमन्त्री प्रचण्ड युएई जाने

२३ कात्तिक ८०, शुक्रबार

२४ कार्तिक, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिन लागेको हो ।

त्यसका लागि वन तथा वातावरण मन्त्रालयले पनि पूर्वतयारी अघि बढाएको छ । पूर्वतयारीका सम्बन्धमा मन्त्रालयले बिहीबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका विकास व्यवस्थापन विज्ञ डा. पपुलुर जेन्टलले कोप–२८ मा प्रधानमन्त्री सहभागी हुने जानकारी गराए ।

‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञ सम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ,’ उनले भने । नेपालबाट हालसम्म तीन सम्मेलनमा मात्र राष्ट्र वा सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ ।

Advertisement

सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औं सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा स्कटल्याण्डमा भएको २७ औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

कोप–२८ सम्मेलनमा नेपालको पेभेलियनसमेत रहने छ । यसअघिका सम्मेलनमा नेपालको आफ्नै पेभेलियन हुने गर्दैनथ्यो । तर यसपटक पहिलोपटक नेपालको आफ्नै पेभेलियन रहने र उक्त पेभेलियनमा ३० भन्दा बढी क्षेत्र र विषयबारे प्रस्तुति हुने मन्त्रालयले जनाएको छ ।

Advertisement

सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको जलवायुका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको भन्दै नेपाल उत्साहित समेत छ । ‘यसपटक टेबल ठटाएर कुरा राख्ने हो । हाम्रा छ अलग–अलग विषयका कार्यपत्र सशक्त रुपमा विश्वलाई सुनाउने हो’ वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले भने ।

मन्त्रालयका अनुसार कोप–२८ सम्मेलनमा नेपालको सहभागीता र नेपालले उठाउने एजेण्डाबारे तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारी अन्तर्गत मन्त्रालयले सातै वता प्रदेशमा अन्तर्क्रिरया गरी सुझावसमेत संकलन गरिसकेको छ ।

मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. बुद्धिसागर पौडेलका अनुसार सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण गरी ६ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव संकलन गरिएको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top