रेमिट्यान्सले राख्यो कीर्तिमान,कति भित्रियो ?

२३ कात्तिक ८०, शुक्रबार

२५ कार्तिक, काठमाण्डौ ।
गत असोज महिनामा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको छ । त्यसमध्ये १ खर्ब ३६ अर्ब असोजमा भित्रिएको हो ।

चाडपर्वले गर्दा रेमिटेन्स रकम ह्वात्तै बढेको छ । रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो । बाह्य क्षेत्रमा निक्कै सुधार आएको राष्ट्र बैंकले जनाएको छ । रेमिटेन्सको बढ्दो दर र आयात बढ्न नसकेका कारण बाह्य क्षेत्रमा सुधार आएको हो । असोजमा १ खर्ब ४८ अर्बको आयात भएको छ ।

आन्तरिक मन्दीले उपभोग्य वस्तुको मागमा कमी आएकाले आयात बढ्न नसकेको हो । तीन महिनामा ४ खर्ब ७ अर्ब बराबरको वस्तु आयात भएको छ । चालु खाता तेस्रो महिना लगातार बचतमा छ । गत असारमै ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ ।

Advertisement

शोधनान्तर बचत ९९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । विदेशी मुद्राको सञ्चिति पनि निरन्तर उकालो लागेको छ । असोजसम्म १६ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । यो रकम भदौको तुलनामा ४४ अर्ब १९ करोड रुपैयाँले बढी हो ।

राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । समष्टिगत माग घट्दो दरमा रहेकाले मूल्य वृद्धि केही घटेको छ । भदौमा ८.५ प्रतिशत रहेको महँगीदर असोजमा ७.५ प्रतिशतमा झरेको छ । यो वर्ष महँगी साढे ६ प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top