विराटनगर,भदौ २४
मोरङको बुढीगंगा गाउँपालिका,हात्तिमुडास्थित कर्मवीर माध्यामिक विद्यालयमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरु गरिएको छ ।
लियो क्लव विराटनगर इनोभेटिभ स्टार र हात्तिमुडा युवा विकास क्लवद्धारा विद्यालयमा स्वास्थ्यशिविर, रक्तदान तथा महिला अभिमुखिकरण लगायतका कार्यक्रमहरु गरिएको हो ।
सेवा नपुगेको ठाउँमा सेवा पुर्याउनु आफुहरुको लक्ष्य रहेको र सो कार्यक्रमले त्यहाँका स्थानियहरुमा स्वास्थ्य सम्बन्धी सचेतना ल्याउने अपेक्षा रहेको लियो क्लव विराटनगर इनोभेटिभ स्टारकी प्रेसिडेन्ट पुजा पन्तले बताईन् ।
स्थानिय महिलाहरुको सहभागी रहेको रक्तदान कार्यक्रमबाट २० पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रममा मिस हिमालय विराटनगर,मोनिका बजाजले पनि सहयोग गरेकी थिईन् ।