भारतको चन्द्रयान–३ को हिस्सा महासागरमा खस्यो

३० कार्तिक, एजेन्सी ।
भारतले चन्द्रामा पठाएको बहुप्रतिक्षित रकेट चन्द्रयान–३ का बिक्रम र प्रज्ञान रोभर अहिलेपनि चन्द्रमाको दक्षिण धुव्रमा सम्र्पकविहीन अवस्थामा छन् । यसबाट भारतले चन्द्रमामा अवतरण हुने सूचीमा आफूलाई उभ्याएपनि आशातित उपलब्धि भने हासिल गर्न सकेन् । अहिले त्यही चन्द्रयानको एक हिस्सा पृथ्वीमा नै फर्किएको छ ।

धर्तीबाट ३६ हजार किमी टाढा पठाउने चन्द्रयान ३ को एक हिस्सा पृथ्वीमै फर्किएको छ । गएराति उक्त हिस्सा अमेरिका नजिक उत्तरी प्रशान्त महासागरमा झरेको भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी इसरोले पुष्टि गरेको छ । यसलाई कुनै पनि हालतमा नियन्त्रण गर्न नसकिएको नासाका वैज्ञानिहरुले बताएका छन् ।

नासाका वैज्ञानिकहरूले यसलाई फेला पारेका छन् र यो समुद्रमा खसेको ठाउँ पनि पत्ता लगाएका छन्। यो एलभीएम–३ एम४ रकेटको क्र्योजेनिक अपर स्टेज थियो । यसले सन् २०२३ को जुलाई १४ मा चन्द्रयानलाई धर्तीमाथि १३३ किमी बाई ३५ हजार ८२३ किमिको अर्बिटमा पु¥याएको थियो ।

त्यति बेलादेखि नै यो आकाशमा चारैतर्फ चक्कर लगाउँदै विस्तारै विस्तारै पृथ्वीको नजिक आइरहेको थियो । नोभेम्बर १५ को राति पौने तीन बजे आसपास यो हिस्सा अमेरिकाको तटबाट टाढा प्रशान्त महासागरको उत्तरमा खस्यो । नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमान्ड (नोराड)ले अन्तरिक्षबाट आइरहेको सो वस्तु चन्द्रयान रकेटको हिस्सा भएको पुष्टि गरेको थियो ।

धर्तीको तल्लो कक्षबाट कुनै पनि वस्तु पृथ्वीको सतहमा खस्न झन्डै १२४ दिन लाग्छ । एलभीएम–३ एम४ रकेटको सो हिस्सा पनि लगभग उति नै दिनमा खसेको छ । इसरोले चन्द्रयानको ल्यान्डर विक्रम र रोभर प्रज्ञानको बारेमा पनि ठूलो खुलासा गरेको छ । १४ जुलाईमा प्रक्षेपण पछि विक्रम ल्यान्डर २ सेप्टेम्बरमा स्लीप मोडमा गएपछि रोभर प्रज्ञान अझै सुतिरहेको छ।

इसरोले लगातार यसलाई उठाउन कोशिस गरिरहेको छ तर अहिलेसम्म सफल हुन सकेको छैन। ल्यान्डर र रोभर पृथ्वीको १४ दिनको दिन–रात चक्र अनुसार डिजाइन गरिएको थियो। यस्तो अवस्थामा विक्रम रोभर १४ दिनपछि ब्युँझनुपर्नेमा अहिलेसम्म त्यस्तो भएको छैन ।

आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको चन्द्रयान–३ ले २३ अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेको थियो । योसँगै भारत चन्द्रमामा पुग्ने विश्वको चौथो र दक्षिण ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको थियो । त्यसपछि १४ दिनसम्म त्याहाको जानकारी सङ्कलन गरिएको थियो।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top