NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

विराटनगरवासीको एकै स्वर ः आश्वासन होइन विकास, डुबान होइन निकास

शुक्रबार मंसिर १५ , २०७४
Reading Time: 1 min read
A A
विराटनगरवासीको एकै स्वर ः आश्वासन होइन विकास, डुबान होइन निकास
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

– नारायणप्रसाद घिमिरे

विराटनगर, १५ मंसिर ()ः नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ ।

विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् । अठार वर्षअघि ४२ किलोमिटर लामो रिङरोडको शिलान्याश गर्नुभएका तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार दर्जनौँ पटक मन्त्री, उपप्रधानमन्त्री हुनुभयो, विभिन्न दल बने तर यतिका समयसम्म रिङरोडको ट्र्याकसम्म खोलिएन, गुनासो र रिस मिश्रित स्वर ओकल्छन् विराटनगरवासी ।

LS Auto

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन एक हप्ताअघि मात्र विभिन्न राजनीतिक दलका उम्मेदवार भोट माग्न घरदैलो, भेला, आमसभा गरिरहँदा आश्वासन बढी र विकास कम गरेको गुनासो गर्नुहुन्छ होटल व्यवसायी सुन्दर भण्डारी । उहाँ थप्नुहुन्छ, “धुवाँ, धुलोले अस्तव्यस्त छ मूल सडक । ठूलो जिल्ला भए पनि भित्री सडकको विस्तार अझै भएको छैन । बर्खायाममा पूर्वतर्फको सिंघिया खोला र पश्चिमतर्फ केशलिया खोलाले वरिपरिका बस्ती डुबानमा पार्छ । दिगो तटबन्ध छैन । देशी–विदेशी पर्यटक आउँदा हेर्न लायक केही ठाउँ छैन, रम्ने पार्क पनि छैन ।”

विराटनगर बजारकै मिना क्षेत्री भन्नुहुन्छ, “हामी भोट हाल्न आतुर छौँ तर हाम्रा लागि नेताहरु बाटोघाटो, ढल निकास बनाउन आतुर छैनन् । वर्षामा हामी सधैँ कति डुबानमा परिराख्ने ?”

देशका आधा दर्जन प्रधानमन्त्री पाएको यस जिल्लाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा भने फड्को मार्न खोजेकामा उनीहरु सहमत छन् ।

स्थानीय पत्रकार विक्रम निरौलाका अनुसार १८ वर्षअघि शिलान्याश भएको रिङरोड समयमा बनेको भए विराटनगरको विकास र समृद्धि निक्कै तीव्र हुन्थ्यो ।

अर्का पत्रकार उद्धव घिमिरे थप्नुहुन्छ, “काठमाडौँमा मेलम्चीको पानी आउन लाग्यो तर यहाँ भने अझे रिङरोड पनि नबन्ने भयो ।” राजनीतिक भाषण र घोषणापत्रमा सधैँ पर्ने र वर्षैपिच्छे बजेट आउने तर कार्यान्वयन नहुने र राजनीतिक नेतृत्वले स्वार्थ साँध्ने हुँदा जुन गतिमा विकास हुनुपथ्र्यो त्यो नभएको उहाँहरूको निष्कर्ष छ ।

त्यसो त मोरङ जिल्लामा थुप्रै उच्चस्तरका राजनीतिकर्मी, नेता नभएको त कहाँ हो र ? यो जिल्लाले देशलाई थुप्रै प्रधानमन्त्री, मन्त्रीहरु बनाएको इतिहास साक्षी छ । यस पटक पनि नेपाली काँग्रेसका नेता डा शेखर कोइराला, पूर्वअर्थमन्त्री महेश आचार्य, पूर्वमन्त्री डा मीनेन्द्र रिजाल, एमालेका पूर्वमन्त्री लालबाबु पण्डित, भानुभक्त ढकाललगायतका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।

छवटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा देशकै सम्भवतः धेरै ६ लाख ४४ हजार मतदाता छन् । स्वच्छ राजनीतिक छवि, जनतामा पहुँच, विकासमा योगदान, केन्द्रमा सम्बन्ध, बौद्विक क्षमता, पार्टी संगठनमा पकड तथा कार्यकर्ताबीच लोकप्रियताका आधारमा मतदाताले आ–आफ्ना नेताको हारजितको अनुमान लगाइरहेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक सचेत मतदाता भन्नुहुन्छ, “मोरङमा यस पटक टुरिस्ट नेता पनि चुनाव लड्दैछन्—कोही बाहिरबाट आएका त कोही जिल्लाभित्रकै टुरिस्ट !”

विराटनगरवासीले भनेजस्तै विकासका कार्यक्रमलाई तीव्रता दिन अब हुने नेता, नेतृत्व लिन तयार होलान्–नहोलान तर विराटनगरवासी भोट खसाल्न आतुर छन्, आतुर छन् निर्वाचन परिणाम सुन्न पनि ।                                             रासस

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

थप समाचार

निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.