एक मिलियन डलर नदिए मुम्बई एयरपोर्ट उडाउने धम्की

७ मंसिर ८०, शुक्रबार

८ मंसिर,एजेन्सी ।
भारतको महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ बम विस्फोट गराउने धम्की दिइएको छ। भारतीय संचारमाध्यामका अनुशार यो धम्की बिहीबार इमेलमार्फत दिइएको थियो, जसमा ४८ घण्टाभित्र बिटक्वाइनमा एक मिलियन डलर दिनु पर्ने माग गरिएको थियो।

Advertisement

यस विषयमा मुम्बई पुलिसले ‘नगर प्रहरीले इमेल आईडी प्रयोग गरेर धम्कीपूर्ण मेल पठाएकोमा एक अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेको बताएको छ । प्रहरीका अनुसार यो इमेल बिहीबार बिहान करिब ११ बजे मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेड (एमआईएएल) को फिडब्याक इनबक्समा पठाइएको थियो।

धम्की दिने इमेलमा लेखिएको थियो, विषयः ब्लास्ट। ‘यो तपाईंको एयरपोर्टको लागि अन्तिम चेतावनी हो। यदि ४१ मिलियन बिटकोइन ठेगानामा ट्रान्सफर गरिएन भने हामी ४८ घण्टा भित्र टर्मिनल २ उडाउनेछौं। एक अर्को अलर्ट २४ घण्टापछि आउनेछ।’ हाल प्रहरीले भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३८५ अन्तर्गत मुद्दा दायर गरेको छ।

Advertisement

विषयको गम्भीरतालाई मध्यनजर गर्दै विमानस्थल र आसपासको सुरक्षा व्यवस्था बढाइएको छ। यससँगै पुलिसले आईपी ठेगाना पत्ता लगाएको छ, जसबाट यो धम्कीपूर्ण इमेल पठाइएको थियो। अहिले धम्की दिने इमेल पठाउने व्यक्तिको पहिचान गर्न प्रहरी व्यस्त छ। यसअघि पनि मुम्बई पुलिसलाई धेरै धम्कीपूर्ण कलहरू आएका थिए। जसमा सम्लग्न भएकाहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top