चीनमा ७ वर्षमुनिकालाई सैन्य प्रशिक्षण

१४ मंसिर,एजेन्सी ।
चीनमा साना बालबालिकाहरूलाई सैन्य प्रशिक्षण दिन थालिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार चीनले ७ वर्षभन्दा साना खेलाडीहरूलाई सैन्य प्रशिक्षण दिन थालेको हो । सांघाई स्पोर्ट्स ब्युरोका साना खेलाडीहरूलाई एक हप्ताका लागि सैन्य प्रशिक्षण दिन थालिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यसअघि चीनका साना उमेरका फुटबल खेलाडीहरूलाई पनि सैन्य प्रशिक्षण दिइएको थियो । सांघाई स्पोर्ट्स ब्युरोका अनुसार बालबालिकालाई सैन्य प्रशिक्षण दिइँदा उनीहरूमा जुझारु भावना उत्पन्न हुन्छ र देशप्रेम पनि बढ्छ । यस्ता प्रशिक्षणले चिनियाँ बालबालिकाले अनुशासन सिक्ने र समूहमा काम गर्न सिक्ने पनि बताइएको छ ।

यस हप्ताको सोमबारबाट सुरु भएको यस सैन्य प्रशिक्षणमा बालबालिकाले सैन्य पोशाक पनि लगाएका छन् । तर, यसरी सानै उमेरमा बालबालिकालाई सैन्य प्रशिक्षण दिनाले चीनले भविष्यमा हुने युद्धका लागि अहिलेबाटै सैनिक तयार गर्न थालेको पनि विश्लेषण हुन थालेको छ ।

Advertisement

गत महिनाबाट मात्र चीनमा एउटा कानुन लागू भएको छ, उक्त कानुनअनुसार विद्यालय र कजेलका पुस्तकहरूमा देशभक्ति र देशप्रेमबारे पाठहरू समावेश छन् । उक्त कानुनको उद्देश्य नै देशभक्ति र देशप्रेमको भावना पैदा गर्नु हो । यही कानुनअनुसार चीनमा बालबालिकाहरूलाई सैन्य प्रशिक्षण दिएको पनि अनुमान छ ।

यसअघि युक्रेनमा आक्रमण गरिरहेको रुसका बालबालिकालाई पनि सैन्य प्रशिक्षण दिइएको थियो । सार्वजनिक भएका भिडियोहरूमा रुसी बालबालिकाहरूले बन्दुक चलाएको पनि देख्न सकिन्छ । विद्यालयमा समेत रुसले सैन्य अध्ययनलाई पाठ्यक्रममा समावेश गरेको छ ।

Advertisement

चीन अहिले विश्वमै सबैभन्दा बढी सेना भएको देशमा पर्दछ । पछिल्लो तथ्याङ अनुशार चीनमा २१ लाख ८५ हजार सेना अहिले सक्रिय रहेका छन् भने ११ लाख ७० हजार रिर्जभ रहेका छन् । चीन कुनैपनि समय ताइवानलाई कब्जा गर्ने रणनीतिमा लागेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top