गाजामा सकियो युद्धविराम,सुरु भयो विध्वंश

१५ मंसिर,एजेन्सी ।
शुक्रबार इजरायलले हमासको स्थानलाई लक्षित गरी फेरि आक्रमण सुरु गरेको छ । युद्धविराम सकिएसँगै रकेट फायरिङ, हवाई आक्रमण र जमिनमा लडाइँ पनि सुरु भएको छ । इजरायली सेनाले हमासलाई दक्षिणी इजरायलतर्फ रकेट प्रहार गरेको आरोप लगाएको छ र इजरेली सेना आइडिएफले गाजा पट्टीमा हमासका लक्ष्यहरूमा हवाई आक्रमण सुरु गरेको जनाएको छ ।

यससँगै गाजामा दोस्रो चरणको लडाइँ सुरु भएको छ । यस चरणमा इजरायली सेनाले हमास कमाण्डर याह्यालाई निशाना बनाउन चाहन्छ, जसलाई उसले ’हिँड्ने मुर्दा ’ घोषणा गरेको छ। युद्धविराम समाप्त भएपछि उत्तरी गाजाको गाजा शहर शेख रदवानमा चर्को झडप भएको बताइएको छ ।

मध्य गाजाको नेत्जारिम जंक्शन नजिक पनि गोलीबारी भएको थियो। प्यालेस्टिनी मिडियाले शुक्रबार बिहान इजरायलले गाजामा हवाई आक्रमण गरेको जनाएको छ। गाजा पट्टीमा भएका पछिल्लो आक्रमणमा धेरै प्यालेस्टाइनीको मृत्यु भएको छ र धेरै घाइते भएका छन्।

Advertisement

युद्ध सुरु भएपछि इजरायली सेनाको होम फ्रन्ट कमाण्डले गाजा सीमानजिकै बस्ने मानिसहरूलाई आश्रयस्थल नजिकै बस्न निर्देशन दिएको छ। गाजाका हमास प्रमुख याह्या सिनवार इजरायलको मोस्ट वान्टेड सूचीमा परेका छन् । इजरायलले अक्टोबर ७ मा भएको आक्रमणको मुख्य योजनाकार याह्या रहेको र उनलाई कुनै पनि हालतमा नछाडिने बताएको छ ।

इजरायली सेनाले याह्यालाई हिँड्ने मुर्दा घोषणा गरेको छ, अर्थात् उनलाई जीवित मानिसमा गनिने छैन। याह्या सिनवारको गढ खान युनिस हो। युद्धको यस चरणमा इजरायली सेना खान युनिसतर्फ अघि बढेर यस किल्लालाई ध्वस्त पार्नेछ भन्ने विश्वास गरिन्छ।

Advertisement

खान युनिसमाथि इजरायली सेनाको नियन्त्रणको मतलब सीधा हमासको किल्ला कब्जा गर्नु भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । हमास र इजरायलबीचको युद्धविराम ७ दिनसम्म चलेको थियो । मध्यस्थकर्ताहरूले युद्धविराम लम्ब्याउने प्रयास गरेपनि असफल भएका थिए । युद्धविरामको क्रममा हमासले गाजाबाट १०५ इजरायली बन्धकहरूलाई रिहा गरेको थियो।

सम्झौता अनुसार इजरायलले २४० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो। हमासको आक्रमणको जवाफमा इजरायलले ७ अक्टोबरमा गाजामा आक्रमण सुरु गरेको थियो । यो लडाई ७ अक्टोबर देखि २४ अक्टोबर सम्म चलेको थियो, त्यसपछि ७ दिनको लागि युद्धविराम भएको थियो। युद्धविरामपछि डिसेम्बर १ बाट फेरि युद्ध सुरु भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top