१५ मंसिर,एजेन्सी।
चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनको पहिलो पूर्ण तस्वीर सार्वजनिक भएको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीले आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेशनको पहिलो मनोरम तस्बिर सार्वजनिक गरेको छ। तस्बिरले टी–आकारको स्पेस स्टेशन पूर्ण देखाउँछ । सौर्य प्यानलहरू तिनीहरूको पूर्ण सीमासम्म विस्तारित र पृष्ठभूमिमा पृथ्वी देखिएको छ ।
यो चीनको पूर्ण रूपमा सञ्चालनमा रहेको स्पेस स्टेशनको पहिलो तस्बिर हो । जसमा तियाङगोङ स्पेस स्टेशनको सम्पूर्ण संरचना देखिन्छ। जब शेन्झाउ १६ अन्तरिक्ष मिशनको अन्तरिक्ष यान पृथ्वीमा फर्किरहेको थियो, तिनीहरूले यो तस्वीर खिचेका थिए । शेन्झाउ चालक दलले तियाङगोङ अन्तरिक्ष स्टेशन माथि उडान गर्दा यो फोटो क्लिक गरेको थियो ।
साउथ चाइना मर्निङ पोस्टले उक्त तस्बिर गत महिना गुइ हाइचाओले क्लिक गरेको बताएको छ। गुई एक अनुसन्धानकर्ता र नागरिक अन्तरिक्ष यात्री हुन्। तस्वीरले सम्पूर्ण स्पेस स्टेशन देखाउँछ। यसको केन्द्रमा तिहान्हे नामको कोर मोड्युल छ। मेगटियन र वेटियन दुई प्रयोगशाला मोड्युलहरू दुबै छेउमा देखिन्छ ।
यी प्रत्येक प्रयोगशाला मोड्युलमा एक जोडी सौर्य प्यानल छ । यो ५५ मिटर लामो छ। यी तीन मोड्युलहरू छुट्टाछुट्टै प्रक्षेपणमा अन्तरिक्षमा पठाइएका थिए। यो अन्तरिक्ष स्टेशन पृथ्वीबाट करिब ३५० देखि ४५० किलोमिटरको उचाइमा छ, यसको लम्बाइ ५५ मिटर र तौल ९६ हजार किलोग्राम छ।
तियाङगोङ अन्तरिक्ष स्टेशन निर्माणका लागी परियोजना १९९२ मा सुरु भएको थियो । तर यसको वास्तविक निर्माण २०२१ मा सुरु भएको थियो । चिनियाँ अन्तरिक्ष स्टेशनले पुरानो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आइएसएससँग प्रतिस्पर्धा गर्ने मानिन्छ।
अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा चीनको पहुँचलाई ठूलो मात्रामा प्रतिबन्ध लगाएको छ र यसलाई साझेदार बनाएको छैन । आइएसएसको आयु समेत सकिने अवस्थामा आएको छ । यस्तो अवस्थामा चीनले आफ्नै अन्तरिक्ष स्टेशन परियोजना पूरा गरेको छ।
तर, तियाङगोङ अन्तरिक्ष स्टेशनमा कति अन्तर्राष्ट्रिय पहुँच दिइने छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। चीनले अन्तरिक्षमा आफ्नो शक्ति निरन्तर बढाउँदै लगेको छ । लामो समयदेखि अन्तरिक्षमा प्रभुत्व जमाउँदै आएका रुस र अमेरिकाले चीनसँग प्रत्यक्ष प्रतिस्पर्धा गरिरहेका छन् ।
चीनले अहिले आफ्नो अन्तरिक्ष स्टेशन विस्तार गरिरहेको छ । चीनले तीन मोड्युल स्पेस स्टेशनमा थप तीन मोड्युल जोडी थप्ने योजना बनाएको छ। चीनले चन्द्रमा र ग्रहहरूको अन्वेषणमा पनि निरन्तर काम गरिरहेको छ। मंगल ग्रहसँग सम्बन्धित मिसनहरूमा पनि चीनको काम जारी छ।