एनसेल बेचेर भाग्ने दाउमा रहेको आजियाटालाई अदालतले बोलायो, प्राधिकरणले लेख्यो पत्र

१४ मंसिर ८०, शुक्रबार

१५ मंसिर,काठमाण्डौ ।

Advertisement

निजी क्षेत्रको अब्बल दूरसंचार सेवा प्रदायक एनसेलको सेयर बिक्री गर्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी दुवै पक्षलाई बोलाएको हो ।

अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा दुवै पक्षको छलफल सुनेपछिमात्रै निर्णय हुनेछ । “यसमा के कसो भएको हो ? निवदेकको निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवदेनको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित सूचना म्याद पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ र ४ को हकमा उच्च सरकारी वकील कार्यालय पाटनमार्फत् र अन्य विपक्षीहरुको हकमा आफैं वा निजहरुको कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिनिलिपिसहित विपक्षीहरुको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नुहोला,” आदेशमा भनिएको छ ।

Advertisement

अर्काे तर्फ आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेको खुलेको छ । प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ । दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ।

तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गर्ने तयारी गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

Advertisement

एनसेलको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भन्ने विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूमा समाचारसमेत प्रकाशित भइरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको प्राधिकरणले बताएको छ ।

बुधबारमात्रै मलेसियाको आजियटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय सार्वजनिक गरेको थियो । आजियटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।

एनसेलमा नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चरको २० प्रतिशत शेयर छ । एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियटाले त्यही वहानामा नेपाल छाड्न निर्णय गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा एनसेलले करीब ६० अर्ब सञ्चालन आम्दानी गरेको थियो ।

प्रशासनिक एवम् प्रविधीमा हुने खर्च पनि कमै भएका कारण एनसेलले त्यो साल ४५ अर्ब हाराहारी नाफा नै कमाएको थियो । सन् २०२२÷२३ मा भने एनसेलको व्यापार ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो। कम्पनीले २०२१÷२२ मा ३९ अर्ब ७२ करोड, २०२०÷२१ मा ४० अर्ब ४२ करोड र २०१९÷२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top