दुर्गा प्रसाईंको आफ्नै सरकार,नागरिक सरकार घोषणा गर्ने

१६ मंसिर ८०, आइतबार

१७ मङ्सिर, काठमाण्डौ ।

व्यवस्थाविरुद्धको अभियान भन्दै देशका विभिन्न क्षेत्रमा जारी प्रदर्शन तथा आन्दोलनको नेतृत्वकर्ता तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संस्थापक मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंले यस्तो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आफ्नो आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि दाबी गरे ।

Advertisement

‘वैदिक सनातन सापेक्ष मुलुक यो देशलाई शान्ति र अक्षूण राख्नलाई राजसंस्थाको मुद्दालाई थप स्थापित गराउनेछौ । अव आउने २०८० साल फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौ’, पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै प्रसाईंले भने, ‘र फागुन १ गतेदेखि व्यवस्था परिवर्तनका लागि आजैबाट स्वदेश तथा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहयोगका लागि अपिल गर्दैछौँ ।’

फागुन एक गते नेपालमा शसस्त्र संघर्ष सुरु भएको दिन हो । जसलाई प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेको छ । प्रसाईंले मङ्सिर ३० बाट नागरिक सरकार गठनका लागि गाउँ गाउँबाट आन्दोलन सशक्त बनाउने बताए ।

उनले अभियानका मुख्य माग समेत पढेर सुनाएका छन् । जसमा बैंक तथा लघुवित्तका बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने र अति विपन्न गरिबको २० लाख ऋण मिनाहा गर्नुपर्ने तथा धितो फिर्ता गर्नुपर्ने रहेका छन् ।

उनले एक हजार ५ सयका नोटबन्दी गर्नुपर्ने, राजा जनक बुद्धको तस्बिर भएका नोट छाप्नुपर्ने लगायतका माग पत्रकार सम्मेलनमा अघि सारेको सुनाए । उनले प्रदेश संरचना खारेज, सर्वोच्च अदालतमा सय जना न्यायाधीश नियुक्ति, विदेशमा बन्दी जीवन बिताएका युवाहरूलाई स्वदेश फर्काउने र ५० लाख युवालाई रोजगारीको व्यवस्था मिलाउने लगायतका माग अघि सारेका छन् ।

नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरु, युटुबर भनेर हेपिएका मूलधारबाहिरका संचारकर्मीहरुलाई समेत समेटिने प्रसाईले बताए । प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे ।

उनले आफ्नो कारण तरुण दल र वाइसिएलजस्ता अरु दलका युवाले राहत महशुस गरेको बताए । प्रसाईले राजाले पनि चुप लागेर दरवारभित्र बस्न छाडेर जनताको आँशु पुछ्न सडकमा आउनुपर्ने बताए । प्रसाईंको अभियानलाई राप्रपाले समेत समर्थन गरेको छ । उनको अभियानमा ६५ प्रतिशत कार्यकर्ताहरु आफ्नो पार्टीबाट सहभागि बन्दै आएको राप्रपाले बताएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top