लुम्बिनीबाट जागे कांग्रेसीःकुर्सी छाड्न देउवामाथि दबाब

१८ मंसिर ८०, सोमबार
Share this
692shares

१८ मंसिर, काठमाण्डौ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणका लागि पार्टी सभापतिविरुद्ध सार्वजनिक मञ्चबाटै नेताहरुले आवाज बुलन्द पार्न थालेका छन् । विगतमा सामाजिक संजाल वा अन्तर्वार्ताहरुमा ब्यक्तिगतरुपमा नेतृत्व हस्तान्तरणको कुरा उठाउँदै आएका वा पार्टीका आन्तरिक बैठकहरुमा यस्ता विषय राख्दै आएका नेताहरुले पछिल्लो पटक सार्वजनिक मञ्चमा सामूहिकरुपमा नै शेरबहादुर देउवामाथि कुर्सी छाड्नका लागि दबाव बढाएका छन् ।

Advertisement

काँग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनका दौरान नेताहरुले सभापतिविरुद्ध आवाज बुलन्द पारे । शुक्रबारमात्र संस्थापनइतरका नेता डा शेखर कोइरालाले नवलपरासी पश्चिम पुगेर घुमाउरो पारामा देउवाले ससम्मान नेतृत्व छाड्नुपर्ने बताएका थिए ।

‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मानपूर्वक नेतृत्व छाड्नुपर्छ,’ कोइरालाले भनेका थिए । सोही मञ्चमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले शेखर कांग्रेसको सभापति भएको हेर्न जनताले चाहेको बताएका थिए ।

Advertisement

‘एक पटक कांग्रेसजन र नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेका छन्, वर्तमान र भविष्य हेर्न सक्ने नेता डा शेखर कोइराला हुन्,’ उक्त सभामा भण्डारीले भनेका थिए । शनिबार महामन्त्री विश्वप्रकाश शर्माले पनि अब देउवाले प्रधानमन्त्री बन्छु भनेर लाग्न नहुने धारणा राखे ।

बुटवलमा भएको लुम्बिनी कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै शर्माले गौतम बुद्धले एकपटक पनि सत्ताको कूर्सीमा नबसी बुद्धत्व प्राप्त गरेको उल्लेख गर्दै नयाँ पुस्ताको लागि ठाउँ छाड्न देउवालाई आग्रह गरेका हुन् । ‘भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो, सत्ताको कूर्सीमा एकपटक पनि नबसी।

Advertisement

त्यसकरण आदरणीय सभापतिजीले पाँचपाँचपटक प्रधानमन्त्रीको बनिसक्नुभयो,’ शर्माले भने, ‘अब प्रधानमन्त्री बन्ने कुराको चाहि – लौ अघि बढ, मेरो समकालीन कोही साथीहरु र आउ कोही युवाहरु भन्दै गर्दा अर्कै उर्जा देशव्यापी रुपमा बढ्नेछ । सभापतिको जुन शालीनता छ । त्यसैले त्यो दिन पनि आउला।’ शर्माले आफ्नो भनाई राख्दा देउवा सम्बोधन गरेर कार्यक्रमबाट बिदा भइसकेका थिए ।

अर्का महामन्त्री गगन थापाले पनि शर्माको भनाईमा सहमति जनाउँदै कांग्रेस जोगाउने हो भने देउवाले नेतृत्व छाड्नुपर्ने भनाई राखे । ‘शीर्ष नेताहरुप्रति सम्मान राख्दैं, सभापतिलाई मैले भनेको छु। यो पार्टीमा तपाईको पुस्ताका साथीहरु पनि थुप्रै हुनुहुन्छ । नयाँ पुस्ताका साथीहरु पनि हुनुहुन्छ,’ थापाले सोही मञ्चबाट भने, ‘केही समयपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।

विश्वप्रकाश शर्माले भन्नुभएजस्तो यत्रो वर्ष मैले पार्टीमा हुर्काएको साथीहरु हुनुहुन्छ यिनीहरुलाई सिकाएको छु । पार्टीको मात्र हैन देशको भारी पनि बोक्नसक्छन् भनेर भन्नुभयो भने पार्टी पनि बाँच्छ, देश पनि बाँच्छ। शनिबारको मञ्चमा पनि केन्द्रीय सदस्य भण्डारीले देउवालाई नेतृत्व छाड्न आग्रह गरे ।

‘शेरबहादुर दाइ अब अन्तिम हो, विधानत तपाईं अब पार्टी सभापति बन्ने हैन,’ भण्डारीले भने । सम्मेलनमा भण्डारीलाई देउवाले कटाक्ष गर्न भ्याए । ‘म राम्रो बोल्ने मानिस होइन, तपाईंहरूलाई थाहा छ। कम बोल्ने, काम बढी गर्न खोजिरहेको छु, हेरौं के हुन्छ,’ देउवाले भने। भण्डारीसँग बाझाबाझ चल्ने उल्लेख गर्दै देउवाले अब काम गर्नसमेत सुझाव दिए ।

उद्घाटन सत्रको अन्तिममा बोलेका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसका नेताहरूमा त्यागको भावना विकास नभएसम्म देश परिवर्तन हुन नसक्ने बताए । कांग्रेस परिवर्तन गर्न निराशा अन्त्य गर्नु जरुरी रहेको र त्यसका लागि कांग्रेस नेतामा त्यागको भावना आउनुपर्ने उनको भनाइ थियो ।

देउवाको विकल्पमा संस्थापन इत्तरहरु नेताहरुले सार्वजनिक कार्यक्रममा वहस छेडेपछि पार्टी पदाधिकारी तथा केन्द्रीय समिति बैठकमा देउवाका एजेण्डा र नीतिहरु परित हुँदै आएका छन् । देउवाको संसदीय समितिमा समेत प्रष्ट बहुमत छ ।

यसैले त देउवालाई पाखा लगाउने हाँटसहित चुनाव लडेका महामन्त्री गगन थापा देउवासँगै भारी मतान्तरले पराजित भएका थिए । तर वैधानिक रुपमा नै महाधिवेशन र संसदीय निर्वाचनमा देउवालाई पराजित गर्न नसकेका शेखर र गगन विद्रोही रुपमा केही नेताको बदलमा देउवाले पद छाड्नुपर्ने वकालत गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top