गाजामा युद्धकै बीच ११ नेपाली केयरगिभर इजरायल उडे

१८ मंसिर,एजेन्सी ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले हमास–इजरायल युद्धमा भएको अपराधको छानबिन गर्ने भएको छ । आईसीसीका मुख्य अभियोजक करिम खानले इजरायल र हमासलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै आफ्नो कार्यालयले सम्भावित युद्ध अपराधको अनुसन्धानलाई तीव्रता दिने बताएका हुन् ।

’दुवै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ । यदि तपाईंले त्यसो गर्नुभएन भने मेरो कार्यालयले काम गर्न आवश्यक हुँदा गुनासो गर्नुहोस’ खानले आइतबार आफ्नो इजरायल र कब्जा गरिएको वेस्ट बैंकको चार दिने भ्रमण पूरा गरेपछि भनेका छन् ।

खानले मानवीय सहायतालाई तुरुन्तै गाजामा पठाउन आह्वान गर्दै हमासले त्यस्तो सहायताको दुरुपयोग गर्नु नहुने बताए । ‘मानवीय पहुँचमा कानूनले शंका गर्न अनुमति दिँदैन,’ उनले भने, ‘नागरिकहरूले आधारभूत खाद्यान्न, पानी र अत्यन्त आवश्यक चिकित्सा आपूर्तिहरूमा पहुँच दिनुपर्दछ, त्यो पनि कुनै ढिलाइ नगरी तिब्र गतिमा मानवीय राहात पुरयाउने बाटो खुल्ला गरिदिनुपर्छ ।’

Advertisement

उनका अनुसार गाजालाई सहायताको डेलिभरीमा रोक लगाउनु पनि आईसीसीको अधिकार क्षेत्र अन्तर्गत युद्ध अपराध हुन सक्छ । आईसीसीको सदस्य नभएको इजरायलले यसअघि अदालतको अधिकार क्षेत्रलाई अस्वीकार गर्दै आएको छ । अदालतसँग इजरायल औपचारिक रूपमा संलग्न भने भएको छैन ।

सन् २०२१ मा इजरायलका साथै हमास र अन्य सशस्त्र प्यालेस्टिनी समूहहरूमाथि प्यालेस्टिनी क्षेत्रमा सम्भावित युद्ध अपराधको लागि अनुसन्धान खोलेको थियो । यसैबीच लामो समयदेखि युद्ध गरिरहेको इजरायलमा केयरगिभरका लागि ११ जना नेपाली उडेका छन् । युद्धकै बीच केयरगिभरको रूपमा काम गर्न उनीहरू इजरायल उडेका हुन् ।

Advertisement

गत अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमण गरेको थियो । त्यही क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए । सो घटनामा वेपत्ता भएका एक विपिन जोशी अझै सम्पर्कमा रहेका छैनन् । उनी हमासको नियन्त्रणमा रहेको अनुमान गरिएको छ ।

यद्यपि हमासले ११० जनालाई रिहा गर्दा विपिन रिहा हुन् सकेका छैनन् । उक्त घटनापछि इजरायल उड्न लागेका २४ जना केयरगिभर रोकिएका थिए । २४ जनामध्ये ११ जना उडिसकेपछि बाकी रहेका १३ जना पनि चाडै जाने सरकारले जनाएको छ ।

इजरायल जान पाउनुपर्ने माग राख्दै उनीहरूले दबाब दिँदै आएका थिए । नेपाल र इजरायलबिच भएको सहमतिअनुसार १ हजार भन्दा बढी नेपालीलाई इजरायलमा रोजगारीको अवसर प्रदान गरिएको थियो । दुई वर्षदेखि छनौटमा परेका केयर गिभरहरूलाई इजरायल लगिँदै आएको छ ।

अब अन्तिम चरणमा २४ जना बाँकी थिए । युद्ध सुरु भएपछि सरकारले २५० जना नेपालीलाई इजरायलबाट उद्धार गरी स्वदेश ल्याएको थियो । अब युद्धकै बीचमा पनि नेपालीको इजरायल जानु पर्ने बाध्यताले नेपालमा बेरोजगारीको अवस्था कस्तो छ भन्ने थप प्रष्टाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top