उत्तरको अन्तरिक्ष सम्पत्तिमा हस्तक्षेप भए युद्ध

१८ मंसिर,एजेन्सी ।
हतियारको होडमा रहेका विश्वका शक्तिसम्पन्न राष्ट्रहरु पछिल्लो समय अन्तरिक्षमाथि विजयी हासिल गर्ने प्रयासमा छन् । यस्तो अवस्थामा उत्तर कोरियाले गत नोभेम्बर २१ का दिन जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेपछि उसले विश्वलाई निगरानी गर्ने सामर्थ्य राखेको छ ।

त्यहाँका सर्वोच्च नेता किम जोङ उनले आफ्नो जासुसी भूउपग्रह मालिगङ्योङ–१ ले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र त्यहाँको रक्षा मन्त्रालय पेन्टागनको तस्वीर पनि खिचिसकेको बताउन थालेका छन् । किमले अमेरिकी महत्त्वपूर्ण स्थानको तस्वीर र जानकारी आफूसँग छ भन्नुको अर्थ उसले अमेरिकालाई उत्तर कोरियालाई कम नआक्न सचेत गराएका हुन् ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार उनीहरूको भूउपग्रहले अमेरिका र दक्षिण कोरियाको निगरानी गर्नेछ । भूउपग्रह कार्यक्रममा सफल भएको अवस्थामा उत्तर कोरियाले शनिबार मात्र अमेरिका लक्षित चेतावनी पनि जारी गरेको छ ।

Advertisement

उत्तर कोरियाले आफ्नो ‘अन्तरिक्ष सम्पत्ति’मा कुनै पनि अमेरिकी हस्तक्षेपलाई ‘युद्धको घोषणा’ मानिने प्योङयाङको भनाइ छ । केसीएनएमा प्रकाशित समाचार अनुसार प्योङयाङको भूउपग्रहमा अमेरिकाको सम्भावित हस्तक्षेप वा आक्रमणलाई उत्तर कोरियाले युद्धको घोषणा मान्ने उल्लेख छ ।

प्योङयाङले आफ्नो पहिलो जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेको दुई हप्तामै यस्तो चेतावनी जारी गरेको हो । वास्तवमा दक्षिण कोरिया, अमेरिका र जापानको संयुक्त युद्ध अभ्यासलाई उत्तर कोरियाले आफ्नो देशमाथिको आक्रमणको योजना भन्ने गरेको छ ।

उनीहरूबाट उत्पन्न हुने खतरालाई पत्ता लगाउन उत्तर कोरियाले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाएको बताउने गर्छ । उत्तर कोरियाली भूउपग्रहले आफ्नो देश वरपरको सैन्य गतिविधि निगरानी गर्नेछ । उत्तर कोरियाले जासुसी भूउपग्रह प्रक्षेपण गरेको केही समयमै दक्षिण कोरियाले पनि अन्तरिक्षमा जासुसी भूउपग्रह पठाएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top