Nepal Times
Nepal Times
3
Shares

कवाडी गोदाममा आग*लागी हुँदा २ जनाको मृ*त्यु

कवाडी गोदाममा आग*लागी हुँदा २ जनाको मृ*त्यु

२० मंसिर, विराटनगर । कोशी प्रदेशको राजधानी मोरङको विराटनगरको मुटुमा रहेको सातघुम्तीस्थित एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका पाँच जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको छ ।

आगलागी नियन्त्रण गरिसकेपछि गोदाममा अर्का एक जनाको पनि शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन । शव जलेकोले महिला हो कि पुरुष भन्ने पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

आगलागीमा घाइते भएका विराटनगर ६ की वर्ष ६५ की सुशीला पासवान, ५८ वर्षका किशोर पासवान, ३० वर्षीया पीँकी कामत र ६० वर्षीया अजिता सरदार घाइते छन् । उनीहरुमध्ये सुशीला र अजिता गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइते महिलाहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ । किशोर पाशवानको उपचार कोशीमा भइरहेको छ । उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको प्रहरीले जनाएको छ । घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

आगलागी विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.