इजरायल–हमास युद्धबारे चीन–अमेरिका छलफलमा

२१ मंसिर,एजेन्सी ।

चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्न काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहो¥याए ।

मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाएका थिए । विदेशमन्त्री ब्लिङ्कनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानूनका लागि अस्वीकार्य खतरा हो भने । उक्त कानुनको पालना सबै मुलुकले गर्नुपर्ने दायित्व भएको उनले बताए ।

Advertisement

बेइजिङका अनुसार विदेशमन्त्री वाङ यीले इजरायल र हमासबीचको युद्धको सम्बन्धमा ‘सर्वोच्च प्राथमिकता गोली हानाहान रोक्न र युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्नु रहेको’मा जोड दिए । विदेश मन्त्रालयका अनुसार वाङले भने, ‘प्रमुख मुलुकहरूले निष्पक्षता र न्यायको पालना गर्नुपर्छ, वस्तुनिष्ठता र निष्पक्षतालाई कायम राख्नुपर्छ, शान्ति र तर्कसङ्गतता देखाउनुपर्छ र स्थितिलाई शान्त बनाउन तथा ठूलो मात्रामा मानवीय विपत्तिलाई रोक्न हरसम्भव प्रयास गर्नुपर्छ।’

उनले द्वन्द्वको दुई राज्य समाधानका लागि बेइजिङको आह्वानलाई दोहो¥याए । उनले प्यालेस्टाइनको भविष्यसँग सम्बन्धित कुनै पनि व्यवस्थाले प्यालेस्टिनी जनताको इच्छालाई प्रतिबिम्बित गर्नुपर्ने बताए । ‘चीन यो दिशामा प्रयास गर्न सबै पक्षसँग मिलेर काम गर्न तयार छ’, उनले भने ।

Advertisement

यता हमासका वरिष्ठ अधिकारीले इजरायल हमलाको फेरि पनि बदला लिने जनाएका छन् । हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले भने– ‘इजरायल गाजाको दलदलमा गहिरो गरी डुब्दैछ ।’ उनले अगाडि भने– ‘हाम्रो समुह जारी युद्धमा जति लामो समयसम्म पनि लड्न राम्ररी तयार छ।’

दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडीजका मिडिया स्टडीज प्रोफेसर मोहम्मद एल्मास्रीले पनि यसअघि अल जजिरालाई भनेका थिए कि इजरायलले हमासलाई हटाउने लक्ष्य राखेको भएता पनि यो समूह अझै ठूलो मात्रामा अक्षुण्ण रहेको छ र यसका सदस्यहरूको सानो प्रतिशतलाई मात्र इजरायलले मारेको छ ।

यसबीच इजरायली सेनाले भने हमासका कयौं कमाण्डरलाई मारेको दाबी गरेको छ । सेनाले ट्वीटरको एक पोस्टमा भन्यो कि गाजा पट्टीमा हमासको सबैभन्दा ठूलो ब्रिगेडका चार बटालियन कमाण्डरहरू मारिएका छन् । उसका अनुसार हालै इजरायली हमलाहरूमा मारिएका ती प्यालेस्टिनी समूहका वरिष्ठ नेताहरू थिए । उसले मध्य गाजामा रहेका हमासका अन्य एकाइहरूलाई पनि महत्त्वपूर्ण रूपमा क्षति पु¥याएको बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top