कस्तो छ चीनको नयाँ पुस्ताको सुपर कम्प्युटर ?

२१ मंसिर,एजेन्सी ।

चीनले नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि स्टोरेजसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छ । राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा बुधबार सुपर कम्प्युटरको अनावरण गरेको हो ।

सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको सबैभन्दा तीव्र सुपर कम्प्युटरहरू मध्येको एक तियान्हे–२ लाई पछाडि पारेको छ ।

Advertisement

सेन्टरका अनुसार तियान्हे जिङ्गीको सञ्चालनले उच्च प्रदर्शन कम्प्युटिङ, कृत्रिम बौद्धिकता (एआई), ठूलो मोडेल प्रशिक्षण र ठूलो डेटा विश्लेषणको क्षेत्रमा बढ्दो कम्प्युटिङ मागहरूलाई पूरा गर्ने अपेक्षा गरिएको छ ।

Advertisement

यस्तै कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर तथा उच्च प्रविधियुक्त औद्योगिक विकास पार्कहरूको पहिलो समूहको सूची पनि जारी गरेको छ ।

सूचीको घोषणा सन् २०३० सम्म कार्बन डाइअक्साइड उत्सर्जनलाई चरम अवस्थामा पुर्याउने सरकारको योजना कार्ययोजनाअनुसार गरिएको र उक्त सूची सोही आधारमा तयार गरिएको चीनको शीर्ष आर्थिक योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) ले उसको वेबसाइटमा जनाएको छ ।

सूचीमा परेका सहरहरूमा झाङजियाको, ताङसान, चेङ्दे, ताइयुआन, एर्दोस, बाओटौ, सेनयाङ, डालियान, हेइहे, यानचेङ, हाङ्जो, हुझोउ, बोझोउ, किङदाओ, यन्ताई, सिनजियाङ, जिनयाङ, जियानगयाङ, सियान, चाङ्सा, जियाङ्टन, सेन्जेन, युलिन र करामाय रहेका छन् ।

घोषणाअनुसार सूचीमा सामेल १० उच्च प्रविधियुक्त औद्योगिक विकास पार्क चाङ्झी, चिफेङ, हार्बिन, सुजौ, नानजिङ, हेफेई, देझोउ, झाओकिङ, जिक्सियन न्यु एरिया र कुक्का सहरहरूमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top