Nepal Times
Nepal Times
3
Shares

पाकिस्तानसँगको खेलमा नेपालको खराब ब्याटिङ, हाल ८२ रन बनाउँदा ५ जना आउट

पाकिस्तानसँगको खेलमा नेपालको खराब ब्याटिङ, हाल ८२ रन बनाउँदा ५ जना आउट

२२ मंसिर, विराटनगर । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङ गरिरहेको नेपालले २६.५ ओभरमा ८२ रन बनाउँदा ५ विकेट गुमाएको छ ।

नेपालका अर्जुन कुमाल सर्वाधिक २१ रन बनाएर आउट भए । यस्तै तिलक भण्डारी ७, आकाश त्रिपाठी ६, गुल्शन झा १ कप्तान देव खनाल शून्य रनमा आउट भए । अहिले क्रिजमा उत्तम मगर र दिपेश कँडेल छन् ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद जेशानले २ तथा अमिर हसन, उबैद शाह र अली असफन्दले समान १ विकेट लिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.