भारतीय लिगमा नेपालका ६ महिला खेलाडी

२२ मंसिर, विराटनगर । आजदेखि भारतीय महिला फुटबल लिग सुरू हुँदैछ।

साढे तीन महिना चल्ने भारतीय लिगमा यसपटक सात टिमले भाग लिँदैछन्। जहाँ नेपालबाट ६ राष्ट्रिय खेलाडी आवद्ध भएका छन् । सात मध्ये तीन टिममा नेपालका राष्ट्रिय खेलाडी पनि आबद्ध भएर खेल्दैछन्।

आगामी मार्च २४ सम्म हुने लिग खेल्नका लगि नेपालबाट राष्ट्रिय फुटबल टिमको कप्तानसमेत रहेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना सेथु एफसीमा आबद्ध हुँदै सुरुमा भारत पुगेका थिए।

Advertisement

दुवैले टिमसँगको अभ्यास शत्र सुरु गरिसकेका छन्। लिगमा आज सेथुले साविक विजेता गोकुलम केरलासँग खेल्दैछन्।

गीता र एन्जिलासँगै नेपाली राष्ट्रिय टिमका प्रिति राई, दीपा शाही, अमृता जैशी र रश्मीकुमारी घिसिङले पनि यस सिजनको भारतीय लिग खेल्दैछन्। प्रिति र दीपाले किकस्टार्सबाट खेल्दैछन् भने अमृता र रश्मी स्पोर्ट्स उडिसामा आबद्ध भएका छन्।

गत सिजन पनि एन्जिलाले सेथुबाटै खेलेकी थिइन्। गीता पनि सोही क्लबमा आबद्ध भए पनि चोटका कारण खेल्न पाएकी थिइनन्। यसैले यो सिजन गीताले भारतीय लिगमा डेब्यू गर्नेछिन्।

प्रिति, दीपा, अमृता र रश्मीले पहिलो पटक भारतीय महिला लिग खेल्ने अवसर पाएका हुन्। गत सिजनको भारतीय लिगमा नेपालका सात महिला खेलाडी भारतीय लिगमा आबद्ध भएका थिए।

राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले गत सिजन गोकुलम केरलाबाट खेलेर लिग जितेकी थिइन्। उनले गत सिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै २९ गोल गरेका थिइन्।

यो सिजन उनी इजरायलको क्लबमा आबद्ध भएका कारण भारतीय लिगमा खेल्नेछैनन्। गत सिजन सावित्रा, एन्जिला र गीतासँगै सरु लिम्बू, रेखा पौडेल, रेनुका नगरकोटी र अनिता बस्नेतले पनि भारतीय लिग खेलेका थिए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top