NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

९ दिनको संकल्प यात्रामा ओलीले सरकारविरुद्ध के–के भने ?

शुक्रबार मंसिर २२ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
९ दिनको संकल्प यात्रामा ओलीले सरकारविरुद्ध के–के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ मंसिर,काठमाण्डौ ।
नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ । झुलाघाटबाट आरम्भ भएको ‘संमृद्विको लागि संकल्प यात्रा’ को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू भएको छ । यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने कार्यक्रम रहेको छ । मेची—महाकाली यात्राका क्रममा लगातार हिडिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओली भने हरेक स्थानमा पुगेर सरकारकै आलोचनामा अधिकांश समय खर्चिने गरेका छन् ।

अघिल्लो बिहीबार मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली— मेची अभियानको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । उद्घाटनका क्रममा अध्यक्ष ओलीले यस अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए ।

जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए । अभियानको क्रममा शुक्रबार ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ की रहँदैन ? भन्ने आशंका रहेको बताए ।

डडेलधुरामा आयोजित सभालाई सम्बोधन गर्दै उनले गठबन्धन रही राखे सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्ने बताए । उनले वर्तमान सरकार हल्लिरहेकोले सरकार ढाल्नु नपर्ने बताए । यस्तै नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको आरोप पनि लगाए ।

अध्यक्ष ओलीले सरकारका वरपरका मानिसहरु भ्रष्टाचारमा लिप्त रहेको बताए । कांग्रेसलाई भरियाको उपमा दिएका ओलीले डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई भने उनकै गृहजिल्लामा आइपुगेको भन्दै फोनमार्फत हालखबर सोधेका थिए ।

अभियानका क्रममा शनिबार ओलीले अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताए । उनले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए ।

आइतबार नै अछामको विनायकमा ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए । उनले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताए ।

सोमबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताए । उनले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए ।

यात्राकै क्रममा बुधवार रुकुमपूर्वमा आयोजित कार्यक्रममा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताए । उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी गरे ।

मंगलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्नाबाट ओलीले राजनीतिक दलका स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताए । उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे ।

सोमबार दैलेखमामा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताए । उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए ।

गएको आइतबार दैलेखको राकममा ओलीले एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महंगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गरे ।

उनले महाकाली—मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको बताए । अभियानका क्रममा आज पोखरामा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताए ।

वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए । झुलाघाट—चिवाभञ्ज्याङ यात्रा पुस २ गते सम्पन्न हुनेछ । यस क्रममा नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको अध्ययन र त्यसआसपासका नागरिकको अवस्थाबारे अध्ययन गर्ने र नागरिकसँग जोडिने बताएको छ । यो अभियानलाई नेकपा एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।

Tags: #ओली गर्छन सरकारकै आलोचना#संकल्प यात्रामा ओली

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै
खेलकुद

महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै

मङ्लबार बैशाख ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.