कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक

२१ मंसिर ८०, शुक्रबार

२२ मंसिर,एजेन्सी ।
कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक भएको छ । अमेरिकामा आयोजना हुन लागेको यो प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश र उत्तर तथा मध्यअमेरिकाबाट ६ देश खेल्दैछन्। यो प्रतियोगितामा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वाडोर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएलाले खेल्नेछन्।

Advertisement

उता उत्तर तथा मध्य अमेरिकी देशबाट नेशन्स लिग र प्लेअफबाट ६ देश आउँदैछन्। उत्तर अमेरिकाबाट कोनकाकाफ नेशन्स लिग २०२३–२५ को शीर्ष ४ मा पर्ने आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छानिएका छन्। अरु दुई देश प्लेअफबाट आउनेछन्।

ड्र अनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले समूह चरणमा पूर्वच्याम्पियन चिलीको सामना गर्नुपर्ने भएको छ। यस समूहमा पेरु पनि छ। उता प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौँ टिम पनि यस समूहमा हुनेछ। जुन क्यानाडा र ट्रिनिडाड एन्ड टोबागोमध्ये एक हुनेछ।

Advertisement

उता समूह बी मा मेक्सिको, इक्वाडोर, भेनेजुएला र जमैका छन्। समूह सी मा आयोजक अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन्। समूह डी मा ब्राजिल, कोलम्बिया र पाराग्वे छन्। यस समूहमा प्लेअफबाट कोनकाकाफ क्षेत्रबाट होन्डुरस र कोस्टारिकामध्ये एक देश आउनेछ।

कोपा अमेरिकाको चार समूहका विजेता र उपविजेता सिधै क्वार्टरफाइनल जाने छन्। सन् २०२४ को कोपा अमेरिकाको पहिलो खेल २०२४ जुन २० मा अर्जेन्टिना र प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौँ देशबीच हुनेछ। यो प्रतियोगिताको फाइनल भिडन्त जुलाई १४ का लागि निर्धारित गरिएको छ।
समूह एमा
अर्जेन्टिना, पेरु, चिली ,क्यानडा वा ट्रिनिडाड एण्ड टोबागो मध्यबाट एक टिम
समूह बीमा मेक्सिको, इक्वेडर, भेनेजोएला र जमैका
समूह सीमा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया
समूह डीमा ब्राजिल, कोलम्बिया, पाराग्वे , कोस्टा रिका वा होन्डरुस मध्य एक टिम

Advertisement

तालिका अनुसार दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र अर्जेन्टिना र ब्राजिलको भेट समूह चरणमा हुने छैन् । अर्जेन्टिनाले क्यानडा वा ट्रिनिडाड एण्ड टोबागो मध्य एक टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भएपनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको हो ।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुङ्गो प्लेअफबाट लाग्नेछ । २०२४ जुन २० देखि जुलाई १४ सम्म हुने कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा सञ्चालन हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top