सन्दीपविरुद्धको मुद्दामा आज फाइनल पेसी ?

२३ मंसिर ८०, आइतबार

२४ मंसिर,काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो। सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुनः तोकिएको हो ।

जिल्ला अदालत काठमाडौंले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए । अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन् ।

Advertisement

दुबै पक्षले बहस नोट अदालतमा बुझाए पछिको यो पहिलो पेशी हो । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले मुद्दाको फाइनल पेसी रोक्नु पर्ने कारण नभएको बताएका छन् । उनले भने, ‘आजबाट चितवनमा बार समेलन छ, तर हामी यही मुद्दाले किनारा पाउनु पर्छ भनेर काठमाडौंमा नै छौं। सम्भवतः आज फाइनल सुनुवाइ सुरु हुने विश्वास छ।’

यद्यपि कुनै कानुन व्यवसायीले बार सम्मेलनमा जानु पर्ने कारण देखाएर स्थगनको लागि अपिल गरेमा मुद्दा स्थगित हुन सक्ने सम्भावना भने रहेको छ । यद्यपि दुबै पक्षका कानुन व्यवसायीले लिखित रूपमा बहस नोट अदालतसमक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको बलात्कार मुद्दाले किनारा पाउने विश्वास गरिएको छ । जिल्ला अदालत काठमाडौंमा विचाराधीन मद्दा लामो समयदेखि चलिरहेको छ ।

Advertisement

गत वर्षको १५ फागुनमानै सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिँदा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । तर उक्त आदेश दिएको ९ महिना वितिसक्दा समेत मुद्दाले किनारा पाउन सकेको छैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top