चीन र फिलिपिन्स समुद्रमै भिडे, जहाज धकेलाधकेल

२४ मंसिर, एजेन्सी ।

दक्षिण चीन सागरमा लगातार दोस्रो दिन फिलिपिन्स र चिनियाँ जहाजबीच टकरावको स्थिति देखिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुई देशका जहाजबीच तनावको अवस्था उत्पन्न भएको हो ।

तर यो तनावलाई लिएर दुई देशबीच आरोप–प्रत्यारोप भएको छ । चीनले यो घटनाको दोषी फिलिपिन्स भएको जनाएको छ । उता फिलिपिन्स तटरक्षक बलले चीनका जहाजले वाटर क्याननको प्रयोग गरिरहेको जनाएको छ ।

Advertisement

फिलिपिन्सले चिनियाँ जहाजले सेकेन्ड थोमस सोलनजिकै आफ्नो मालवाहक जहाजलाई ठक्कर दिने कोसिस गरेको आरोप लगाएको छ । चीनले भने फिलिपिन्समाथि आफ्नो एक जहाजमा ठक्कर दिन खोजेको आरोप लगाएको छ ।

शनिबार स्केरबोरो क्षेत्रमा चीन र फिलिपिन्सका जहाजबीच टकरावको घटना सार्वजनिक भएको थियो । दक्षिण चीन सागरमा चीन र उसका छिमेकी देशले आफ्नो–आफ्नो दाबी गर्दै आएका छन् । चीनले पूरै दक्षिण चीन सागर आफ्नो भएको दाबी गरिरहेको छ ।

Advertisement

तर फिलिपिन्ससमेत अन्य छिमेकी देशले भने यहाँ चीनले अन्तरराष्ट्रिय जल सन्धिको उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top