पहिरो रोक्न नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी

२४ मंसिर ८०, सोमबार

२५ मंसिर, एजेन्सी ।
नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको विस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो । ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ ।

जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत तीन वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । यो विधि प्रभावकारी देखिएपछि यससम्बन्धी सामग्रीलाई विश्व जलवायु सम्मेलन कोप (२८) मा नेपालको तर्फबाट प्रस्तुत गरिएको छ ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले नेपाल पेभिलिनमा प्रस्तुत गरेको ड्रोनबाट बीउ छर्ने प्रविधिमा अन्य मुलुकका प्रतिनिधिको पनि आकर्षण देखिएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत जलवायु उत्थानशील तथा जीविकोपार्जन कार्यक्रमका संयोजक प्रेम पौडेलले ड्रोनबाट बीउ छर्ने प्रविधिका कारण विगत तीन वर्षमा जंगल क्षेत्र बढाउन तथा सुख्खा क्षेत्रको व्यवस्थापन गर्दै हरियाली बनाउने कार्यमा सफलता मिलेको बताए ।

नदी, खोला किनारमा बहुतह खेती गर्नसमेत यो विधि सफल भएको कार्यक्रम संयोजक पौडेलले बताए । ‘एउटा हामीले भौगोलिक रुपमा दुर्गम क्षेत्र (जियोग्राफिकल रिमोटनेस एरिया)हरू जहाँनेर जंगलहरूमा हामीले जंगल बढाउने रिफरस्टेशन गर्नुपर्नेछ, जैविक विविधता फर्काउने इकोसिस्टम रिस्टोरेशन गर्नुपर्नेछ ।

त्यस्ता ठाउँहरूमा र पहिरो गएको ठाउँहरूमा कसरी हामीले वनस्पतिहरूलाई ड्रोनको माध्यमबाट बीउ छर्ने सिडिङ गरेर त्यसलाई उमार्न जर्मिनेट गर्नसक्छौँ र बढाउन इम्रिज गर्नसक्छौँ ? भन्ने विषयमा छलफल ग¥यौँ’ उनले भने ’दोस्रो हामीले सुख्खा क्षेत्र व्यवस्थापन नेपालको लागि अत्यन्त संवेदनशील प्रकोप भएर आइरहेको अवस्थामा त्यसलाई हामीले कसरी सुख्खालाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरामा छलफल गरेका छौँ ।’

’अर्को नदी किनारका खेती रिभरबेड फार्मिङहरूमा कसरी बहुउपयोगी प्रणाली मल्टी प्रणालीको कृषि वन प्रणालीलाई विकास गर्नसक्छौँ भन्ने विषयमा एउटा प्राविधिक विषय टेक्निकल पाटाहरूलाई जनताको लेभिलेओरसँग त्यसभित्र पनि वास्तविक पीडित र दुःखी हुनुहुन्छ’ उनले भने ’त्यस्तो पीडित र दुःखी महिलाहरूलाई, जनसमुदायलाई सम्बोधन हुनेगरी हामीले तीन वटा थिमहरूमा आजको यो प्रस्तुतिमा समेटेका छौँ ।’

जमिनको क्षयीकरण घटाउन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउने उद्देश्य साथ नेपालका पहाडी क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिएको हो । वन तथा वातावरण मन्त्रालय, युएनडिपी र ग्लोवल इन्भाइरोमेण्ट फ्यासिलिटीले खोटाङ र ओखलढुंगामा यो कार्यक्रम सञ्चालन गरेको छ । नेपालमा वन फडानीको कारण पहिरो जाने र त्यसले तराईमा समेत बाढी र कटानको समस्या देखिने गरेको छ ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top