बेवारिसे विरामी बृद्धको नोबेलले गर्याे उद्धार

विराटनगर,भदौ २५
मोरङको कानेपोखरीमा बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धको उद्धार गरिएको छ । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका ७२ वर्षीय बृद्धको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उद्धार गरेका हुन् । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले आफैले उठाएर गाडीमा राखेका थिए ।

बिरामी भई थलिएर सुतेको ठाउँमै दिसा, पिसाव भएको अवस्थामा कानेपोखरी स्थित चिस्याङ खोलाको पुल नजिक भेटिएका उनको आवश्यक सवै कुराको बन्दोबस्ती मिलाएर डा.शर्माले नोबेल अस्पतालमा उपचार गराईरहेका छन् । वेवारिसे अवस्थामा भेटिएका बृद्ध सिकिस्त बिरामी भएर उठ्नै नसक्ने अवस्थामा पुगेको थाहा पाएपछि उनको उद्धारका लागि डा.शर्मा कानेपोखरी पुगेका थिए ।

Advertisement

बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धका आफन्तको अत्तोपत्तो छैन । उनी कष्टपूर्ण तरिकाले बोल्छन । तर, बोलेको राम्रोसँग बुझिदैन । उनले आफ्नो नाम कृष्णबहादुर राई र घर सुनसरी भएको संकेत गरेका छन् । उनी कसरी त्यो ठाउँमा पुगे भन्ने स्थानीयबासीलाई पनि थाहा छैन । उनी एक हप्ता अघिदेखि खानासमेत नखाई प्रयोगबिहिन अवस्थामा रहेको बाँसको टहरोको भुईमा सुतेका थिए ।

बृद्ध अवस्था र त्यसमाथि सिकिस्त बिरामी परेकाले उनी उठ्नसमेत नसरी एकै ठाउँमा सुतिरहे । उठ्न नसक्दा दिसा, पिसाव पनि सुतेकै ठाउँमा भएर उनलाई झिगाले घेरेको थियो । हाड र छालामात्र भएको जस्तो अत्यन्तै दुब्लो देखिने उनी अहिले नोेबेल अस्पतालमा उपचाररत छन् ।

Advertisement

उनको छातिमा समस्या देखिएकाले सोहि बमोजिम उपचार भईरहेको उपचारमा संलग्न बरिष्ट छाति तथा फोक्सो रोग बिशेषज्ञ डा.रामहरी घिमिरेले बताए । बृद्धको स्वास्थ्यमा सुधार भएपछि आफन्त पत्ता लगाएर उनलाई परिवारमा बुझाउँने डा.शर्माले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top