NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध आइतवार कार्तिक ९ , २०८२
आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

अष्ट्रेलियामा बेरोजगारी बढ्यो, भिसामा कडाइ

शुक्रबार मंसिर २९ , २०८०
Reading Time: 1 min read
A A
अष्ट्रेलियामा तीन दशकपछिकै पहिलो आर्थिक मन्दी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ मंसिर,एजेन्सी ।

नेपालीसहित विदेशी विद्यार्थीहरुको प्रमुख गन्तब्य बन्दै आएको अष्ट्रेलियामा बेरोजगरी दर ह्वातै बढेको छ । रोजगारीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाकै उच्चतम स्तरमा पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीवार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ।

यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो । यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीको सङ्ख्या ६१ हजारले बढेको एबीसीको तथ्याङ्कमा उल्लेख छ । यो वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ ।

कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ ।

एबीएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो ।अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घण्टाको कुल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

बढ्दो बेरोजगारी र आप्रवासीको जनघनत्व बढेपछि पछिल्लो समय अष्ट्रेलियाले विदेशी विद्यार्थीहरुका लागि पनि कडा शर्त लागू गरेको छ । अष्ट्रेलियाले सोमबार मात्रै अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका श्रमिकहरुको भिसामा कडाई गर्ने नयाँ नियम अगाडि सरेको छ ।

अष्ट्रेलियामा आप्रवासीलाई कम गर्ने उद्देश्यले अगाडि सारिएको नीतिमा अङ्ग्रेजी प्रविणता परीक्षामा ल्याउनुपर्ने स्कोर बढाइएको छ भने अस्ट्रेलियाको बसाई थप गर्न दिने दोश्रो भिसा आवेदनमा छानबिन गर्ने बताइएको छ । अष्ट्रेलियन सरकारले नयाँ माइग्रेसन रणनीतिमा ८ मुख्य कार्य र २५ बढी नीति सुधार गर्ने प्रस्ताव गरेको छ ।

अष्ट्रेलियाले कोभीड–१९ का कारण व्यवसायले कामदार र विद्यालयले विद्यार्थी नपाएको कारण भिसामा उदारता देखाएको थियो । अब भने सरकारले नयाँ नीतिका साथ आप्रवासीको संख्या दिगोस्तरमा फर्काउन चाहेको देखिन्छ । नेपाल अष्ट्रेलियाका लागि विदेशी विद्यार्थीको महत्त्वपूर्ण योगदानकर्ता हो । अष्ट्रेलियाको शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अष्ट्रेलियामा चीन र भारतपछि सबैभन्दा बढी विदेशी विद्यार्थी नेपाली रहेको देखिन्छ ।

Tags: #अष्ट्रेलियामा बेरोजगारी बढ्यो

लोकप्रीय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

विचार

थप समाचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Breaking news

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.