सचिनको सम्मान धोनीले पाए, जर्सी नम्बर ७ ‘रिटायर’ कारण के हो ?

२८ मंसिर ८०, शुक्रबार

२९ मंसिर,एजेन्सी ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय क्रिकेट खेलाडीका लागि दुई वटा नम्बरका जर्सीलाई ‘रिटायर’ घोषणा गरेको छ । यसअघि नै बीसीसीआईले जर्सी नम्बर १० कसैले पनि प्रयोग गर्न नपाउने गरी ‘रिटायर’ घोषित गरिसकेको थियो । हालै यो सूचीमा जर्सी नम्बर ७ पनि थपिएको हो ।

भारतीय क्रिकेटलाई विश्वकपको उपाधिसहित ब्यवसायिक खेल आइपिएलमा आफ्नो टिम चेन्नईलाई सर्वाधिक उपाधि जिताउन सफल भएका भारतीय त्रिकेट टिमका सफल कप्तान महेन्द्र सिंह धोनीले लगाउने ७ नम्बरको जर्सी अब कसैले पनि प्रयोग गर्न नपाउने भएका छन् ।

क्याप्टेन कुलको उपमा पाएका धोनीको सम्मानमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यस्तो निर्णय गरेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् । जर्सी नम्बर १० सचिन तेन्दुलकरले प्रयोग गर्दथे । अन्तर्राष्ट्रिय क्रिकेटबाट उनले सन्न्यास लिएसँगै उनले प्रयोग गर्दै आएको जर्सी नम्बर १० प्रयोग गर्न बीसीसीआईले अन्य खेलाडीका लागि बन्देज लगाएको थियो ।

Advertisement

जर्सी नम्बर ७ भने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले लगाउँथे । उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । धोनीको योगदानलाई कदर गर्दै बीसीसीआईले उनको जर्सी नम्बर अब अन्य खेलाडीलाई नदिने घोषणा गरेको हो । धोनीले आफ्ना लागि जर्सी नम्बर ७ रोज्नुका पछाडि विभिन्न कारणहरु रहेको बताइन्छ ।

धोनीको जन्म जुलाई ७ मा भएको थियो। यो पनि भनिएको छ कि धोनीले म्यानचेस्टर युनाइटेड लेजेन्ड डेभिड बेकह्यामलाई माया गर्ने कारणले नम्बर ७ राख्ने निर्णय गरेका थिए । धोनीलाई नम्बर ७ यति धेरै मनपर्छ कि उनको ‘सेभेन’ नामको कम्पनी पनि रहेको छ । भारतीय क्रिकेट टिममा डेब्यु गर्ने कुनै पनि खेलाडीलाई उनीहरुको रोजाइका आधारमा जर्सी नम्बर उपलब्ध गराउने परम्परा छ ।

तर अब त्यस्ता खेलाडीलाई जर्सी नम्बर १० र जर्सी नम्बर ७ बाहेक उपलब्ध अन्य नम्बरमध्येबाट मात्रै एक नम्बर रोज्न लगाइने छ । अहिले भारतका चर्चित क्रिकेटहरु कप्तान रोहित शर्मा ४५ नम्बरको जर्सीमा खेल्दै आएका छन् भने पूर्व कप्तान विराट कोहली १८ नम्बर जर्सीमा खेल्दै आएका छन् ।

यसअघिका चर्चित क्रिकेटर तथा अहिलेका प्रमुख प्रशिक्षक राहुल द्रविडले १९ नम्बर जर्सीमा खेलेका थिए भने सौरव गांगुलीले ९९ नम्बर जर्सीमा खेलेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top