Nepal Times
Nepal Times
3
Shares

मृतक भनिएका सदाको स्वाथ्यमा चमत्कारिक सुधार

मृतक भनिएका सदाको स्वाथ्यमा चमत्कारिक सुधार

१ पुस, विराटनगर ।

विराटनगरस्थित एक अस्पतालले मृत घोषणा गरेको भनी निराधार हल्ला फिजाइएपछि घरमा रहेकाहरुले अन्तिम दाहसंस्कारका लागि घाट लैजान तयारी गरेका इनरुवाका प्रताप सदाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालबाट आफन्तले चिकित्सकको सल्लाह विनानै आफुखुशी डिस्चार्ज गरेर घर लगिएका सदाको अहिले इनरुवा स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

दैनिक ज्यालादारी काम गरी जिविकोपार्जन गर्दै आएका सदाको अहिले इनरुवा वडा नम्बर ३का जनप्रतिनिधिले निःशुल्क रुपमा उपचार गराईरहेका छन् । सदाको उपचारमा सक्रिय रहेकी वडा सदस्य सविना सिग्देलले उनको स्वास्थ्यमा सुरुवाती देखि आजसम्मको अवस्थामा क्रमिक सुधार आइरहेछ जानकारी दिएकी छन् ।

सदालाई समातेर आड दिएपछि उनी आफै शौचलायसम्म गएको उनले बताएकी छन् । सदाको इनरुवा ३ नम्बर वार्डको सिफारिस तथा सहयोगमा जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको परिवारलाई पनि वडाले आवश्यक सहयोग गरेको सिग्देलले जानकारी दिइन ।

स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । त्यसपछि उपचारका लागि विराटनगर ल्याइएका उनलाई अस्पतालले मृतक घोषणा गरेको तर घर पुर्याइएपछि जिवितै रहेको हल्ला फैलिएको थियो ।

सदाका विषयमा विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले समेत पत्रकार सम्मेलन गरी सदाको भनिएको सिसिटिभी फुटेज सार्वजनिक गर्दै सदालाई आइसियुबाट आफन्तले आफ्नै रोहवरमा लगेको र उनको डिस्चार्ज पेपरसमेत नबनेको अवस्थामा अस्पतालले मृतक घोषणा गरेको तथा शव गृहमा राखिएको भन्ने जस्ता आरोप अत्यन्त भ्रामक र कपोकल्पित रहेको बताएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.