मृतक भनिएका सदाको स्वाथ्यमा चमत्कारिक सुधार

१ पुस, विराटनगर ।

विराटनगरस्थित एक अस्पतालले मृत घोषणा गरेको भनी निराधार हल्ला फिजाइएपछि घरमा रहेकाहरुले अन्तिम दाहसंस्कारका लागि घाट लैजान तयारी गरेका इनरुवाका प्रताप सदाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालबाट आफन्तले चिकित्सकको सल्लाह विनानै आफुखुशी डिस्चार्ज गरेर घर लगिएका सदाको अहिले इनरुवा स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

दैनिक ज्यालादारी काम गरी जिविकोपार्जन गर्दै आएका सदाको अहिले इनरुवा वडा नम्बर ३का जनप्रतिनिधिले निःशुल्क रुपमा उपचार गराईरहेका छन् । सदाको उपचारमा सक्रिय रहेकी वडा सदस्य सविना सिग्देलले उनको स्वास्थ्यमा सुरुवाती देखि आजसम्मको अवस्थामा क्रमिक सुधार आइरहेछ जानकारी दिएकी छन् ।

Advertisement

सदालाई समातेर आड दिएपछि उनी आफै शौचलायसम्म गएको उनले बताएकी छन् । सदाको इनरुवा ३ नम्बर वार्डको सिफारिस तथा सहयोगमा जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको परिवारलाई पनि वडाले आवश्यक सहयोग गरेको सिग्देलले जानकारी दिइन ।

स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । त्यसपछि उपचारका लागि विराटनगर ल्याइएका उनलाई अस्पतालले मृतक घोषणा गरेको तर घर पुर्याइएपछि जिवितै रहेको हल्ला फैलिएको थियो ।

Advertisement

सदाका विषयमा विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले समेत पत्रकार सम्मेलन गरी सदाको भनिएको सिसिटिभी फुटेज सार्वजनिक गर्दै सदालाई आइसियुबाट आफन्तले आफ्नै रोहवरमा लगेको र उनको डिस्चार्ज पेपरसमेत नबनेको अवस्थामा अस्पतालले मृतक घोषणा गरेको तथा शव गृहमा राखिएको भन्ने जस्ता आरोप अत्यन्त भ्रामक र कपोकल्पित रहेको बताएको थियो ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top