जुन देशबाट रुस गएपनि एनओसी लिनैपर्ने

४ पुस ८०, बिहीबार

५ पुष ,विराटनगर ।

Advertisement

विभिन्न राष्ट्रबाट अवैध रुपमा रुस पुगी त्याहाको सेनामा झन्डै २ सय हाराहारीमा नेपाली भर्ना भएपछि सरकारले रुस जान अनिवार्य अनुमति लिनु पर्ने निर्णय गरेको छ। रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको हो ।

परराष्ट्र मन्त्रालयले बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो । रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा परेको खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो ।

Advertisement

परराष्ट्र मन्त्रालयका अनुसार सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ ।

Advertisement

यस्तै, अरु विभिन्न गन्तव्यबाट रुस जाँदा पनि एनओसी आवश्यक हुने भएको छ । भारत, बङ्लादेश, श्रीलङ्का, यूएई, साउदी अरबिया, कुवेत, कतार र बहराईनबाट रुस यात्रा गर्नु परेमा पनि त्यहाँ रहेका नेपाली दूतावास र महावाणिज्य दूतावासहरुबाट एनओसी अनिवार्य रुपमा लिनु पर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा भर्ती हुन गएका ७ जना नेपालीको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लड्न गएका केही नेपाली अझै युक्रेनको नियन्त्रणमा रहेका छन् । दुई वर्ष यता लगातार युद्ध लडिरहेका रुस र युक्रेनलाई अझै लाखौं सेना आवश्यक पर्ने भएकाले अझै नेपालीहरु त्याहा जानसक्ने संभावना समेत देखिएपछि सरकारले यात्राकै लागि जादा समेत एनओसी अनिवार्य गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top