पूराना नेतामाथि खनिए रवि, विदेशिन बाध्य पारेको आरोप

५ पुस ८०, शुक्रबार

६ पुष,काठमाण्डौ ।

पछिल्लो समय नेपाली प्रवासीहरुसँग छलफल गरे स्वदेश फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् । स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् , ‘हामी मिसन ०८४ मा छौं रविले भनेका छन्, हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन ।

तपाईंहरूले नै योग्य मान्छेलाई छानेर पढाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैं हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन । यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईंहरूको साता पुस्ताले हार्नुभयो । हामी निरन्तर हा¥यौं । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरुको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो ।

Advertisement

उनले अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको संकट आएको बताए । उनले भने, हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए यही हो जनता हारेको चुनावको परिणम।

यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन । उनले आफ्नो पार्टीमा राम्रो टीम भएकाले काम गर्न सक्ने विश्वास गरे । आफ्नो छोराछोरी, नातानातिनी विदेशिन पर्दा समेत त्यही पुराना दलका नेताहरूलाई नै जनताले किन भोट किन हालिरहेका छन् बुझ्न नसकेको उनको भनाइ थियो ।

Advertisement

यसैबीच रास्वपाले बुटवल–नारायणगढ सडक छिटो निर्माणमा दबाव दिन र सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा गर्ने भएको छ । नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडक खण्डमा रास्वपाको टोलीले सडकमा हिंडेर यात्रा गर्ने र सर्वसाधारणका गुनासा सुन्ने भएको हो ।

यात्राको सुरुवात पुस ९ गते गैंडाकोटको पुल्चोकबाट हुने रास्वपाले जनाएको छ । यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन् । टोलीमा सांसदहरु निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरु सहभागी हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top