क्रिसमसका लागि दिइएकोे विदामा राप्रपाको आपत्ति

८ पुष,काठमाण्डौ ।
संविधानले अधिकारसम्पन्न स्थानीय तहको परिकल्पना गरेपछि विभिन्न पालिकाहरुले आफु अनुकुल पालिकाभर सार्वजनिक विदा दिँदै आएका छन् । यसैक्रममा मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ ।

Advertisement

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै क्रिसमस मनाउन पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा क्रिसमसको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ ।

यस्तै, अध्यक्ष मल्लले इसाई धर्मावलम्बीहरूले हरेक वर्ष डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा शुभकामनासमेत व्यक्त गरेका छन् ।

Advertisement

उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा राखेको उल्लेख गरेका छन् । यता राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस मनाउन दिएको तीन दिनको बिदाप्रति राप्रपाले आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले क्रिसमस मनाउन भनेर राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण रहेको बताए ।

धर्मनिरपेक्षताको आडमा नेपालको मौलिक संस्कृति र सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको र धर्म निरपेक्षको वकालत गर्ने देशको एक जना मन्त्री नै क्रिस्चियन धर्मको प्रचार गर्दै ‘हामी सर्पले जस्तै बिस्तारै निल्दैछौं’ भनेर खुलेआम भनिरहेको बताउँदै प्रवक्ता श्रेष्ठले प्रश्न गरेका छन्, ‘यस अवस्थामा पनि नेपालको बहुसंख्यक सनातन समाज मौन छन्, चुपचाप सुनिरहेका छन् । हाम्रो संवेदना किन मरेको यसरी ? पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र ?

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top