केएमसीमा फोक्सोमा जमेको पीप विना अप्रेशन कसरी निकालियो ?

१० पुष , एजेन्सी ।
काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ । यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताए ।

उनले काठमाडौं मेडिकल कलेजले ९ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको र सो समस्या बिना अप्रेशन निकाल्न सफल भएको बताए । उनले यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भएपनि यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको बताए ।

अप्रेशन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठीक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने उनले बताए । यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको उनले बताएका छन् । उनले भनेका छन्, ‘९ वर्षको एउटा बहिनी आउनुभएको छ । उहाँको छातीमा निमोनियापछि पिप जम्ने समस्या भएको थियो । त्यसले फोक्सो फुल्न नसक्ने भएकाले त्यो पिप क्लियर गर्नुपर्ने थियो । पिप क्लियर गरेन भने त्यो फोक्सो पछि पनि फुक्न पाउँदैन । त्यसमा समस्या आउँछ र पछि गएर फोक्सो नै निकाल्नुपर्ने हुनसक्छ । हामीले उसको केसमा भ्याच भन्ने अप्रेशन ग¥यौँ । अन्य केसमा छाति नै चिरेर गर्नुपर्ने अवस्था हुँदा बिरामीलाई बढी दुख्ने हुन्थ्यो, घाउ पाक्ने हुन्थ्यो यसबाट त्यस्तो गाह्रो हुँदैन । प्रविधिको विकास नहुँदा पहिला यस्ता बिरामी अन्यत्र पनि पठाउनुपर्ने थियो । हामी पछिल्लो समय लागिरहेका थियौँ । अहिले काठमाडौं मेडिकल कलेजमै यो सेवा उपलब्ध छ । उसको अवस्था सुधार भएको छ । बिरामीलाई सुलव भएको छ । फोक्सो पनि फुलेको देखिएको छ । खर्चको हिसावले दुई चार हजार अन्तर मात्रै छ, तर सामान्य जिन्दगीमा चाँडै फर्किनसक्ने भएको यो प्रविधि राम्रो हो ।’

Advertisement

त्यस्तै बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वास्थ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको बताए । उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताएका छन्। यस भन्दा अघि छाती चिरेर मात्रै यस्तो अप्रेशन गर्ने गरिन्थ्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top