कोरिया जान नपाएकाहरुले जलाए मन्त्रीको गाडी

१२ पुस ८०, शुक्रबार

१३ पुष, काठमाण्डौ ।
कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले सरकारी गाडीमा आगजनी गरेका छन् । युवाहरूको समूहले ललितपुरको बालकुमारीमा मन्त्री चढ्ने गाडीमा आगजनी गरेका हुन् । बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ ।

सो गाडी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको रहेको बुझिएको छ । गाडीमा आगो लागेपछि अहिले बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा सवारी साधानको लामो जाम भएको छ । ईपीएस परीक्षाको विषयलाई लिएर केही दिनदेखि युवाहरु आन्दोलित छन् ।

सोही क्रममा आज ईपीएस कोरिया शाखामा भेला भएका सयौं युवा बालकुमारी–सातदोबाटो सडकमा तोडफोड र ढुंगामुढामा उत्रिएका हुन् । युवाहरूले अहिले सडक कब्जा गरेका छन् । सडकमा सवारी आवागमन पूर्ण बन्द छ । प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।

Advertisement

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।

अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top