विराट एक्सपोमा आज Kutumba Band,Asmita Adhikari को प्रस्तुती

१४ पुष ,विराटनगर ।
गत शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । आज शनिवार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायिका  Asmita Adhikari , गायक Rajan Raj Siwakoti   साथै Kutumba Band को प्रस्तुती रहन आयोजकले जनाएको छ।

एक्स्पोमा हिजो शुक्रबार चर्चित गायिका Sadikshya Kattel , Sandy and Brand ,John and The Locals लगायतको प्रस्तुती रहेको थियो । पुस १६ समेतसम्म आयोजना हुने एक्स्पोमा स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन र विकासलाई जोड दिइएको जनाइएको छ ।

मोरङ व्यापार संघले यसपटकदेखि आफ्नै नामको ब्राण्डमा एक्स्पो अर्थात उद्योग व्यापार मेला आयोजना गरेको हो । संघले विस २०५३ मा कोशी महोत्सव आयोजना गरेयता विभिन्न नाममा महोत्सव तथा एक्स्पोहरू गर्दै आएको थियो । मेलाबाट १० करोडको कारोवार हुने अनुमान सहित चारलाख अवलोकनकर्ता आउने आयोजक मोरङ व्यापार संघको अपेक्षा रहेको छ ।

Advertisement

आर्कषणका रुपमा रुपमा सेल्फी जोन, किड्स जोन तथा जर्मन प्रविधिको हेंगेरीमा निर्मित स्टलहरु पशुपतिनाथ र स्वयंभु प्यागोडा शैलीमा निर्मित रहेको छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाइने मेला आयोजक समितिका संयोजक एवम मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहले बताएका छन् ।

पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन आयोजकले आग्रह गरेको छ ।

Advertisement

प्रवेश शुल्क एक सय तोकिएको एक्स्पोमा उल्लेखीय संख्यामा अवलोकनकर्ताहरु आईरहेको आयोजकले जनाएको छ । संघका अध्यक्ष नवीन रिजालले मुलुकको आर्थिक मेरुदण्ड रहेका उद्योग र व्यवसायको हकहित, संरक्षण एवं औद्योगिक क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि यस पटकदेखि संघकै नामबाट एक्स्पो आयोजना गरिएको जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top