कांग्रेस भित्र किन बदनाम छ ‘प्रचण्ड सरकार’ ?

५ पुष, विराटनगर ।

५ दलको गठबन्धन भएपनि वर्तमान सरकारको मजबुत जग भनेको हाल संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस हो । तर काँग्रेसका सभापति र उनको गुट जति प्रचण्डप्रति अहिलेसम्म वफादार नै देखिएको छ, शेखर–गगनको इतर समूहले भने प्रचण्ड नेतृत्वलाई सुरुदेखिनै प्रहार गर्दै आएको छ । यो समूहले बारम्बार प्रचण्डको वर्हिगमन अनिवार्य भइसकेको धारणा सार्वजनिक गरिरहेको छ ।

आफ्नै पार्टीका नेताहरु सदस्य भएको मन्त्रीपरिषदको मुखिया प्रचण्डलाई शेखर–गगनहरुले नसच्चिए बालुवाटारबाट खुमलटार पुर्याइदिने चेतावनी पटक पटक दिदै आएका छन् । पछिल्लो पटक एक वर्ष पुरा गरेर नयाँ ढङ्गले अगाडी बढ्ने तयारीका साथ मन्त्रीपरिषद् पुनर्गठनको प्रचण्डले तयारी गर्दै गर्दा महामन्त्री थापाले ‘राम्रो काम गर्न नसके’बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिएका छन् ।

Advertisement

यो उनको पहिलो चेतावनी भने होइन । उनले पटक–पटक धम्की र चेतावनी दिन्छन् । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको बताएका थिए ।

यस अघि मङ्सिरको अन्तिम साता पनि थापाले काँग्रेसले प्रचण्डलाई बालुवाटारबाट खुमलटार जानुस् भन्ने आँट गर्नुपर्छ भनेर भाषण गरेका थिए । यस्तै शेखर कोइरालाले पनि प्रचण्डले सरकार छाड्नु पर्ने आशयसहितको कयौं पटक धारणा राखिसकेका छन् । यी दुई नेतामात्रै होइन काँग्रेसका कयौं नेताहरुले प्रचण्डको खुलेर आलोचना गरेका छन् ।

काँग्रेसको आन्तरिक बैठकहरुमा प्रचण्ड सरकार बदनाम नै भइसकेको नेताहरुको भनाई छ । बिहीबार सुरु भएर शनिबार सकिएको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री दाहाल र सरकारमा सहभागी आफ्नै मन्त्रीहरूको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरूले खुलेर आलोचना गरे ।

तीन दिनसम्म सयभन्दा बढी केन्द्रीय सदस्य र पदाधिकारीले धारणा राख्दा मन्त्रीबाहेक अधिकांशले सरकारको आलोचना गरेका थिए । सो क्रममा पनि महामन्त्री गगन थापाले अहिलेकै धीमा गतिमा सरकार चल्ने हो भने मन्त्री मात्रै नभएर प्रधानमन्त्रीसमेत बदल्नुपर्ने धारणा बैठकमा राखेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत सरकारका कामप्रति खुलेरै असन्तुष्टि जनाए ।

शर्माले ललितपुरको बालकुमारीमा भएको घटनाको दोषी प्रधानमन्त्री, गृहमन्त्री वा प्रदर्शनकारी को हो ? त्यसको जबाफ दिनुपर्ने बताए । केही दिनअघि प्रधानमन्त्री कांग्रेसकै मन्त्रीहरूको कामबाट असन्तुष्ट भनेर आएको समाचारप्रति संकेत गर्दै गगन थापाले प्रधानमन्त्रीको कार्यशैली नै राम्रो नभएको बताए ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारको कामबाट चित्त बुझाउने ठाउँ नभएको भनाइ राखे । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बैठकमा सरकारको प्रतिरक्षा गर्ने केन्द्रीय सदस्य नै नभएको भन्दै यसले सरकारको कामकारबाही बदल्नुपर्ने नत्र मन्त्री नै बदल्नुपर्ने सन्देश दिएको बताए ।

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले मन्त्रीका कार्यशैली परिवर्तन नभएमा मन्त्री नै फेर्नुपर्ने आवाज बैठकमा उठेको बताए । यस्तै केन्द्रीय सदस्य भीम पराजुलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती इसाईको धर्म प्रचार गर्दै हिँडेको भन्दै बर्खास्तीको माग गरे ।

पार्टीको केन्द्रीय समिति बैठकमा १० बुँदे प्रस्ताव राख्दै उनले मन्त्रीलाई बर्खास्त गर्नुपर्ने र कांग्रेसले धर्म संस्कृति विभाग गर्नुपर्ने बताएका छन् । कांग्रेस कोशी प्रदेशसभा सदस्य समेत रहेका पराजुलीले इपिएस भाषा परीक्षामा भाग लिन पाउँ भन्दा युवाहरूले ज्यान गुमाउनु परेको भन्दै उनले राज्यलाई कसले जनता मार्ने अधिकार दिएको छ भन्दै प्रश्न गरेका छन् ।

पार्टीबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारमाथि आलोचनाको प्रतिवाद गर्दै सरकारले मध्यम गतिमा काम गरेको बताए । उनले सरकारका बारेमा उठेका प्रश्नहरू प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउने आश्वासन दिएका छन् ।

केन्द्रीय नेताहरुले सरकार र प्रधानमन्त्रीको आलोचना गरेपनि प्रचण्ड सरकारप्रति सिंगो कांग्रेसको धारणा भने बदलिएको छैन्। नेपाली कांग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने प्रष्ट पारेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने बताए ।

उनले भने, लोकतन्त्रमा सरकारको कुर्सीको तीनवटा मात्रै खुट्टा हुन्छन् । बहुमतमा होस् वा गठबन्धनमा । हिजो ओली नेतृत्वको सरकार झण्डै दुई तिहाइको बहुमतमा थियो । अहिले गठबन्धनमा छ । लोकतन्त्रमा स्थिर सरकार हुँदैन । निरंकुशतामा मात्रै हुन्छ । हाम्रो महामन्त्रीले मात्रै होइन आम जनताले पनि सरकार ढाल्दिन सक्छु भन्नसक्छ । उहाँ अहिले गठबन्धनबाट बनेको प्रधानमन्त्री भएकाले गठबन्धन नभत्किएसम्म र गठबन्धनमा भएको सहमति पूरा नभएसम्म उहाँ नै प्रधानमन्त्री हो ।’

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top