NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

२०२३ मा नेपालमा काण्डैकाण्ड

सोमवार पुस १६ , २०८०
Reading Time: 1 min read
A A
२०२३ मा नेपालमा काण्डैकाण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ पुष,काठमाण्डौ ।
अंग्रेजी वर्ष २०२३ आजबाट सकिदैछ । यस वर्ष नेपालका लागि पनि चरम सत्ताको खेलदेखि महाविपत्ति र विभिन्न काण्डहरु देखापरे ।२०२३ सुरु हुनुअघि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थनमा दाहाल प्रधानमन्त्री भए । चुनावमा गठबन्धन गरेको कांग्रेसले प्रधानमन्त्री नदिएपछि दाहाल एमाले समक्ष पुगे । दाहाल सरकारमा पहिलो पटक नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भयो ।

तर रास्वपाबाट उपप्रधान तथा गृहमन्त्री भएका सभापति रवि लामिछानेको । नागरिकता पुनः प्राप्त गर्दा प्रक्रिया पुरा नगरेको भन्दै संसद पद खारेज गरेपछि उनी मन्त्री र सांसदबाट पद मुक्त भए । यसैवर्ष ३ स्थानमा सम्पन्न उपनिर्वाचनमा रास्वपाबाट रवि लामिछाने, स्वर्णिम वाग्ले तथा जसपाबाट उपेन्द्र यादव निर्वाचित भए ।

२४ फेब्रुअरी २०२३ मा एमाले र माओवादीको गठबन्धन भत्किएपछि पुन कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जसपा, नागरिक उन्मुक्ति र जनमोर्चा नेपालको गठबन्धन बन्यो । एमाले, माओवादी, रास्वपा गठबन्धन भत्किएपछि राष्ट्रपति, उपराष्ट्रपति नयाँ गठबन्धनले भागबण्डा गरे ।

एमालेका ८ मन्त्रीहरु ९ मार्च २०२३ मा सरकारबाट बाहिरिए । ९ मार्चमा नेपालको तेस्रो राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भए । उनले एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङलाई पराजित गरी निर्वाचित भए् । उनी पूर्वसभामुख थिए । त्यस्तै १७ मार्चमा रामसहाय यादव उपराष्ट्रपतिमा विजयी भएका थिए । नेम्वाङलाई यसै वर्ष गुमाउनु पर्याे । १२ सेप्टेम्बर मा निधन भयो ।

यो नेपालको राजनीतिमा अपूरणीय क्षति भयो । प्रधानमन्त्री दाहालले यो वर्ष भारत र चीनको औपचारिक भ्रमण गरी सन्तुलित सम्बन्ध विस्तार गर्ने प्रयास गरे । ३१ मेमा भारत र २२ सेम्टेम्बेरमा चीन भ्रमण गरेका थिए । अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गरी दाहाल उतैबाट चीन भ्रमणमा गएका थिए ।

दाहालले भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन सहमति गरे । तर उनले यसअघि उठाउँदै आएको नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुराबारे भारतसँग औपचारिक वार्ता गरेनन् । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्लाई पूर्णता दिन करिब आठ महिना लाग्यो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन १२ पटक मन्त्री थप्नु प¥यो । दाहाल सरकारले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा ‘हाइप्रोफाइल’ नेतालाई पक्राउ गर्याे ।भुटानी शरणार्थी प्रकरणका १० मे २०२३ कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परे । त्यही प्रकरणमा मे १४ मा एमाले सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परे ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, सचिब टेकनारायण पाण्डे पक्राउ परे । त्यसको केही समयपछि भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परे । पाटन उच्च अदालतले १४ डिसेम्बर मा ३० लाख धरौटीमा खाणलाई रिहा गर्ने आदेश ग¥यो । त्यस्तै सरकारले ललिता निवास जग्गा हिनामिना प्रकरणको फाइल पनि यही वर्ष खोल्यो ।

प्रकरणमा मुछिएका १८ जनालाई पक्राउ गरी अनुन्धान अघि बढायो । यो प्रकरणमा हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत १८ जनालाई जिल्ला अदालत काठमाडौंले १० सेप्टेम्बरमा धरौटीमा छाड्न आदेश दियो । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि अनुसन्धान अघि नबढेको भन्दै नागरिक समाजका प्रतिनिधिले असन्तुष्टि जनाए ।

राजस्व अनुसन्धान विभागले ३ जुलाईमा भन्सारबाट बाहिरिएको हङकङबाट ल्याएको करिब ६० किलो सुन बरामद ग¥यो । त्यस्तै ७ डिसेम्बरमा दुबईबाट तस्करी भएको १४ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्लमा बरामद भएको थियो । यो वर्ष सुन काण्ड पनि निकै चर्चित भयो । २०२३ मा सबैलाई झस्काउने गरी यति एयरलाइन्सको एटीआर विमान पोखरामा दुर्घटना भयो ।

नयाँ वर्ष सुरु भएकै महिना २३ जनवरीमा काठमाडौंबाट पोखरा उडेको विमान सेती खोंचमा दुर्घटना भयो । दुर्घटनामा चालक दलसहित सबै ७२ को मृत्यु भएको थियो । अक्टोबरमा इजरायलमा ‘अर्न एण्ड लर्न’ कार्यक्रममा कृषि पढ्न गएका १० विद्यार्थीको हमासद्वारा हत्या गरियो ।

सरकारले युद्धका कारण इजरायलमा जोखिममा रहेका नेपालीलाई जहाज पठाएर उद्धार ग¥यो । रुस युक्रेन युद्धका क्रममा पनि ६ नेपालीको ज्यान गयो । ३ नोभेम्बरमा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पले रुकुम पश्चिम र जाजरकोमा ठूलो भौतिक र मानवीय क्षति पु¥यायो । भूकम्पमा परी दुई जिल्लामा गरी १५७ को मृत्यु र १९७ घाइते भए ।

यसै वर्ष निजी दूरसंचार एनसेलको शेयर किनबेचले राजनीति तरंगित बन्यो । सरकार संचालनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै विभिन्न प्रतिवद्धता जनाए । वर्षको अन्त्यमा सन् २०२३ सकिन दुई दिनअघि काठमाडौंको बालकुमारीमा दक्षिण कोरिया काम गर्न जान पाउँ भन्ने दुई युवा प्रहरीबाट मारिए । यो घटनाबाट सरकारले चौतर्फी आलोचनाको समाना गर्नुपरेको छ ।

Tags: #२०२३ मा नेपालको समीक्षा

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.