शैक्षिक एवम् स्वास्थ्य क्षेत्रको ‘हब’को रुपमा पुर्व क्षेत्रमा नै ख्याती प्राप्त गरेको विराटनगर महानगरपालिकामा विगत केही बर्ष यता घर थपिने क्रम बढेको छ ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
पुर्वकै औद्योगिक नगरी विराटनगरमा बर्षेनी १२ सय भन्दा बढी घर थपिँदै गएको महानगरपालिकाका घर–नक्सा शाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
हाल विराटनगर महानगरपालिकामा ३० हजार ३ सय ३४ घर निर्माण भएका छन् भने वार्षिक ३५ प्रतिशतले घर बनाउने संख्या बढ्दै गएको महानगरको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७२–०७३ मा १५ सय ८२,०७३–०७४ मा १४ सय ९६ र ०७४–७५ मा १३सय ७ वटा नयाँ घर थपिएका हुन् ।
गत आर्थिक वर्षमा घर बनाउन १ हजार ३ सय ७ जनाले अनुमती लिएका थिए भने निर्माण गरेर घर निर्माण भएपछि ६ सय २६ वटा घर सम्पन्न भएको बताईएको छ ।