विपक्षीलाई ठेगान लगाउँदै मोदी, केजरीवालको घर घेरियो

१९ पुष, एजेन्सी।

आज दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ पर्न सक्ने समाचार भारतीय मिडियाहरुमा आएको छ । दिल्लीस्थित मुख्यमन्त्रीको निवासलाई अहिले सुरक्षाकर्मीले घेराबन्दी गरेकाले उनको गिरफ्तारी हुन सक्ने अनुमान गरिएको हो । दिल्ली सरकारका मन्त्रीहरू आतिशी र सौरभ भारद्वाजले चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्ने सूचना आफुहरुले पाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

दिल्ली मदिरा नीति मुद्दामा, भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट ( ईडी) ले मुख्यमन्त्री केजरीवाललाई तेस्रो पटक पत्र पठाएर सोधपुछको लागि बोलाएपनि उनी इडी समक्ष उपस्थित भएका छैनन् । उनको तर्फबाट ईडीलाई आफु अन्य काममा व्यस्त भएको जानकारी गराइएको थियो ।

Advertisement

साथै केजरीवलले आफुलाई लिखित रुपमा सोध्न आग्रह गर्दै लिखित जवाफ पठाउन तयार रहेको बताएका थिए । केजरीवालले इडीका पत्रलाई गैरकानूनी र राजनीतिक रूपमा प्रेरित भन्दै आएका छन् । कानून विज्ञहरूका अनुसार ईडीले केजरीवाललाई गैर–हाजिरीको लागि जमानत योग्य वारेन्ट जारी गर्न सक्ने बताएका छन् ।

गत अप्रिलमा सीबीआईले यसै प्रकरणमा केजरीवालसँग साढे ९ घण्टा सोधपुछ गरेको थियो । केजरीवालले सीबीआईका सबै प्रश्नको जवाफ दिएको बताउदै आफ्नो इमान्दारीतासँग सम्झौता नगर्ने बताएका थिए । दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टीका नेता संजय सिंह र तत्कालिन उप मुख्यमन्त्री मनिष सिसोदिया प्रहरी हिरासतमा नै छन् ।

पक्राउ पर्ने चर्चाकै बीच आज केजरीवाल भने आफ्नो मिशन लोकसभा चुनावको सुरुवातका लागि गुजरात जादैछन् । आम आदमी पार्टीका अनुसार केजरीवाल ६ जनवरीदेखि तीन दिनसम्म गुजरातमै रहेर आउँदो चुनावको तयारी गर्नेछन् । भारतमा आम निर्वाचनको तयारी भइरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि मैदानमा उत्रिँदै छन् । विपक्षी दलहरु भने उनलाई रोक्ने कसरतमा छन् । केजरीवालसहित झारखण्डका मुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चा पार्टीका नेता हेमन्त सोरेन कानुनी जालमा फस्ने खतरा देखिएको छ ।

झारखण्ड राज्यका मुख्यमन्त्री सोरेनलाई पनि इडीले ७ पटक पत्र जारी गरिसकेको छ । तर उनी अहिलेसम्म इडीमा हाजिर भएका छैनन् । सातौं पत्र भने इडीले उनलाई चेतावनीयुक्त शैलीमा ‘कुनै पनि हालतमा उपस्थित हुन’ भनेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top