विश्वको सबैभन्दा ठूलो खाल्डाको हिउँ पग्लियो

१९ पुष, एजेन्सी ।
एकातिर युरोपेली राष्ट्र स्वीडेन, फिनल्याण्ड नर्वे लगायतका देशमा अत्यधिक हिमपातले जनजीवन प्रभावित भईरहेको छ भने अर्कातिर रसियाको साइबेरियामा रहेको विश्वको सबैभन्दा ठूलो पर्माफ्रोस्ट क्रेटर बाटागाइ ऐतिहासिक रुपमा पग्लिरहेको छ । बटागाइका क्रेटर पग्लिएपछि रुसका उत्तरी र उत्तरपूर्वी सहरहरूलाई खतरामा पार्ने भन्दै वैज्ञानिकहरूबीच चिन्ता बढेको छ।

वैज्ञानिकहरूले यो रुसी सहरका लागि मात्र नभई सम्पूर्ण ग्रहका लागि खतरा भएको बताएका छन् । किनभने यसको पग्लिएर वायुमण्डलमा आउने कार्बनिक कार्बनको ठूलो मात्राले ग्लोबल वार्मिङलाई अझ बढाउन सक्छ । अन्तरिक्ष एजेन्सी नासाका अनुसार पर्माफ्रोस्ट भन्नाले लगातार दुई वर्षसम्म शून्य डिग्री सेल्सियसमा पूर्ण रूपमा जमेको जमिन वा ठाउँलाई बुझिन्छ।

यी स्थायी रूपमा जमेको मैदानहरू माटो, चट्टान, र बालुवाको संयोजनले हिउँजस्तै बनेको हुन्छ। नासाका अनुसार पर्माफ्रोस्ट उत्तर र दक्षिण ध्रुव नजिकका क्षेत्रहरूमा सबैभन्दा सामान्य छ र पृथ्वीको ठूलो भागलाई कभर गर्दछ। विशेष गरी उत्तरी गोलार्धमा, जमिनको एक चौथाई क्षेत्र पर्माफ्रोस्टले ढाकेको छ।

Advertisement

जमिन जमेको भए पनि, पर्माफ्रोस्टका क्षेत्रहरू सधैं हिउँले ढाकिएका हुँदैनन्। बटागाइका क्रेटर नजिकैका स्थानीय मानिसहरू साइबेरियन परिदृश्यमा रहेको विशाल एक किलोमिटर लामो गहिरो खाडललाई पृथ्वी मुनिको प्रवेशद्वार अर्थात पाताल पनि भन्छन्। यो क्रेटर पहिलो पटक १९६० मा देखा पर्न थालेको थियो ।

यस क्षेत्रमा वन फँडानीपछि जमिन भासिएको थियो। स्थानीय बासिन्दा र अन्वेषकहरुले यसलाई गुफा भन्ने गरेको रोयटर्सले उल्लेख गरेको छ । यो १९७० मा अझ विकसित भएको थियो। यो घमाइलो दिनमा अझ पग्लने गरेको छ । दुई वर्षअघि सडकबाट ३० मिटर टाढा रहेको किनारा अहिले निकै नजिक भएको स्थानीयको भनाइ छ ।

Advertisement

यो घटनापछि रुसी वैज्ञानिकहरूले यो देश संसारको अन्य भागको तुलनामा कम्तिमा २ दशलमव ५ गुणा छिटो तातिरहेको बताएका छन् । रूसको लगभग ६५ प्रतिशत ओगटेको टुन्ड्रा क्षेत्र पनि अहिले पग्लिरहेको छ। उनीहरुले भनेका छन्, यो विश्वकै लागि खतराको संकेत हो । यसले सडकहरू अवरुद्ध गर्दैछ, घरहरू भत्किरहेको छ र उत्तरपूर्वी रूसका शहरहरूमा पाइपलाइनहरू अवरुद्ध गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top