Nepal Times
Nepal Times
3
Shares

न्युरो अस्पतालमा रक्तदान, ६० पिन्ट रगत संकलन

न्युरो अस्पतालमा रक्तदान, ६० पिन्ट रगत संकलन

२० पुष,विराटनगर ।
न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले रोटरी क्लब अफ विराटनगर मिडटाउन सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी , ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा न्युरो अस्पतालका चिकित्सक, नर्सिगं स्टाफ , अन्य कर्मचारी तथा आम सर्वसाधारणबाट गरी ६० पिन्ट रगत संकलन भएको अस्पतालले जनाएको छ ।

उक्त कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा. सागरराज पाण्डेले रक्तदान किन, कसले र कहिले गर्ने भन्ने बिषयमा सहभागी रक्तदाताहरुलाई सचेतना गरेका थिए । त्यसै गरि न्युरो अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार विष्ट तथा रोटरी क्लब अफ बिराटनगर मिडटाउनका अध्यक्ष श्री शशी शर्माले रक्तदाताहरुलाई उत्प्रेरित गरेका थिए ।

न्युरो अस्पतालमा प्रत्येक दिन हुने दर्जनौ जटिल शल्यक्रिया लगायत गम्भिर प्रकृतिका रोगको उपचारका लागि आवश्यक रगतको परिपूर्तिका लागि बेला बखत बिभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिदै आएको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.