शेयर बजारमा हरियाली, कतिले बढ्यो ?

२३ पुष,काठमाण्डौ ।
आज कारोबारको दोस्रो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ । आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राको मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद÷बिक्री भएको छ ।

आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् । यसैबीच बीमा कम्पनीलाई सेयर बजारमा लगानी बढाउने बाटो खुला भएको छ ।

नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई सेयर बजारमा लगानी बढाउन प्रोत्साहित गर्ने गरी लगानी निर्देशन संशोधन गरेको हो । सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न नपाइने व्यवस्था संशोधन गरेर १५ प्रतिशत पु¥याइएको छ ।

बीमा कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको सेयरमा आफ्नो कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । सरोकारवालाहरुले आइतबार सार्वजनिक नयाँ व्यवस्थालाई बजारमा सकारात्मकरुपमा लिएको बताएका छन् । बीमा कम्पनीले सूचीकृत कम्पनीको संस्थापक सेयरमा समेत लगानी गर्ने बाटो खुला गरिएको छ ।

यसअघि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको साधारण सेयरमा मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । प्राधिकरणले गरेको नयाँ व्यवस्थाले सेयर बजारलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास विश्लेषक एवं ब्रोकरहरुको छ ।

बीमा कम्पनीले यसअघि नै सेयर बजारमा लगानी गर्ने सीमा बढाउन आग्रह गर्दै आएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले निर्देशन संशोधन गरी बीमा कम्पनीलाई लगानीको क्षेत्र फराकिलो बनाउन खोजेको बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top