शेख हसिनाको नेतृत्वमा बंग्लादेशले फेरेको काँचुली

२३ पुष, विराटनगर ।
बंग्लादेशमा एक पटक फेरि शेख हसिना प्रधानमन्त्री बन्दैछिन् । आइतबार भएको आम चुनावमा उनको पार्टी आवामी लीगले दुई तिहाईको बहुमत प्राप्त गरेको छ । यससंगै उनी लगातार चौथो कार्यकालका लागि सत्ताको कमाण्ड सम्हाल्दै छिन् ।

१५ वर्षको अवधिमा भने उनको यो पाँचौ कार्यकाल हो । चुनावको नतिजा आज सार्वजनिक भएपनि उनले यो पटक पनि बाजी मार्ने पहिले नै सुनिश्चित जस्तै थियो । यी सबका बीच ध्यान विपक्षीहरुले पनि खिचेका छन् ।

छिटपुट हिंसा र मुख्य विपक्षी दल बंग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) तथा उसका सहयोगी दलहरुको बहिष्कारका बीच भएको चुनावमा के देखिएको छ भने, जातीय पार्टीभन्दा अगाडि स्वतन्त्र उम्मेदवारहरु रहेका देखिए ।

Advertisement

अवामी लीगले २२३ निर्वाचन क्षेत्रहरुमा जीत हासिल गर्दा जातीय पार्टीले मात्रै ११ सिटमा जित हासिल गरे । जबकी ६२ सिटहरुमा स्वतन्त्र उमेद्वारहरुले जित निकालेका छन् ।

यो आँकडाले संसदमा विपक्षको शक्ति र भूमिकामाथि प्रश्न उठाएको छ । खासगरी त्यतिबेला, जतिबेला सबैभन्दा ठूलो विपक्षी दल बीएनपीले चुनावको बहिष्कार गरेको छ ।
सत्तारुढ दलसंग गठजोड गरेका स्वतन्त्र उमेद्वारहरुले अवामी लीग र जातीय पार्टीका हाल रहेका सांसदहरुसहित दर्जनौं दिग्गजमाथि आश्चार्यजनक जित हासिल गरेका छन् ।

जातीय पार्टीले मात्रै ८ सिटकासाथ अब संसदमा आधिकारिक विपक्षीको प्रतिनिधित्व गर्नेछन् । यता आवामी लीगलाई भने ति सिटहरुमा मात्रै घाटा भएको छ, जहाँ भागभण्डाको सहमतिअनुसार चुनाव भएको थियो ।

कुल २६ सिटमा अवामीले अन्य दलहरुसंग मोर्चा बनाएको थियो, जसमा आधामा उसले हार व्योहोर्यो । अवामी लीगका बागी उमेद्वारले जातीय पार्टीका ६१ सिटहरुको तुलनामा लगभग छ गुणा अधिक सिटहरुमा जितेको छ ।

सबै गरेर अवामी लीगले २२९ निर्वाचन क्षेत्रमा २२३ सहितको पूर्ण बहुमत हासिल गरेको छ । यी स्वतन्त्र उमेद्वारहरुको अप्रत्याशित जीतले राजनीतिक परिदृश्यलाई निकै फेरिदिएको छ, जसले सत्तारुढ पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको एक नयाँ युगको संकेत दिएको छ ।

अब अवामी लीगको शासन अन्तर्गत बंग्लादेश नयाँ कार्यकालमा कदम राख्दैछ । यता विपक्षीको नयाँ स्वरूपले देशको संसदीय गतिशीलता र राजनीतिक संतुलनको भविष्यका बारेमा महत्वपूर्ण प्रश्नहरु पनि संगसंगै उठेका छन् ।

साथै के विश्लेषणहरु भइरहेका छन् भने, अवामी लीगको पूर्ण बहुमतका बीच स्वतन्त्र उमेद्वारहरुको जीतले देशको राजनीतिमा संकट निम्त्याउन सक्छ । यसले अवामी लीगकै सहयोगीहरुबीचमा पनि संकट ल्याउन सक्ने विश्लेषकहरु बताउँछन् ।

किनभने अवामी लीग सधैं आफ्नो रणनीतिका कारण अघि छ, न कि वैचारिक कारणले । त्यसो हुँदा एउटा बलियो विपक्षी संसदमा हुनुपर्ने थियो । तर अब नामका लागि मात्रै हुने भएको छ ।

किनभने स्वतन्त्र उमेद्वारहरुले संसदमा विपक्षीको भूमिका खेल्नेमा आशंका छ । केही त अब अवामी लीगमै प्रवेश गर्ने पनि चर्चा छ ।जे होस्, चुनावी परिणामले अब ७६ वर्षीय हसिनाले एकछत्र शासन गर्ने पक्का छ ।

राजनीतिकरुपमा जेजसरी टिकाटिप्पणी गरिएपनि हसिनाको चौथौ कार्यकालसम्म बंगलादेशले काँचुली फेरेको छ । मुस्लिम बहुल बंगलादेश कुनै समय विश्वकै गरिब मध्येमा पथ्र्यो ।

२००९ यता हसिनाको नेतृत्वमा यो मुलुकले ठूलो आर्थिक सफलता प्राप्त गरेको छ । अहिले बंगलादेश यो क्षेत्रकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि गरिरहेको मुलुक हो । यो मुलुकको प्रतिव्यक्ति आय गएको एक दशकमा तेब्बर भएको छ ।

र, विश्व बैंकको आंकलनमा अढाई करोडभन्दा ज्यादा मानिस गएको २० वर्षमा गरिबीबाट मुक्त भएका छन् । आफ्नै पैसा, ऋण र विकास सहयोगलाई प्रयोग गरेर हसिनाको सरकारले ठुल्ठूला पूर्वाधार परियोजना सम्पन्न गरेको छ ।

जसमा गंगा नदीमाथि बनेको २.९ अर्ब डलरको पद्मा पुल समेत पर्छ । यो एउटै पुलले देशको जीडीपी १.२३ प्रतिशतले वृद्धि गर्ने आंकलन छ ।तर, महामारीपछि बंगलादेश महँगीसँग जुधिरहेको छ ।

नोभेम्बरमा मुद्रास्फिति ९.५ प्रतिशत थियो । मुलुकको सञ्चित विदेशी मुद्रा अगस्ट २०२१ मा कीर्तिमानी ४८ अर्ब डलरबाट अहिले २० अर्ब डलरमा झरेको छ । वैदेशिक ऋण पनि २०१६ यता दोब्बर भएको छ ।

आलोचकहरुका अनुसार बंगलादेशको आर्थिक सफलता लोकतन्त्र र मानवअधिकारको मूल्यमा प्राप्त भएको हो । हसिनाले राजनीतिक विपक्षी, मिडिया र विरोधीविरुद्ध दमनका उपाय अपनाएको उनीहरुको आरोप छ ।

अगस्टमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसविरुद्धको न्यायिक उत्पीडन रोक्न माग गर्दै अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामासहित १७० भन्दा बढी विश्वभरका हस्तीहरुले हसिनालाई खुला पत्र लेखेका थिए ।

पछिल्ला महिनाहरुमा थुप्रै बीएनपी नेताहरु समातिएका छन् ।बीएनपीका नेता अब्दुल मोइन खान झुटा आरोपमा पार्टीका २० हजारभन्दा बढी समर्थक थुनिएको र लाखौँलाई मुद्दा हालिएको बताउँछन् । तर सरकार यसको खण्डन गर्छ ।

तर, तथ्यांकहरुले राजनीतिप्रेरित गिरफ्तारी, बेपत्ता, हत्या र दुर्व्यवहारका घटना हसिनाको शासनमा बढिरहेको देखाउँछन् । यो कुनै समय बहुदलीय लोकतन्त्रका लागि लडेकी नेतृका लागि निकै ठूलो परिवर्तन हो ।

१९८० को दशकमा बंगलादेशमा जर्नेल हुसेन मोहम्मद इर्सादको सत्ता थियो । त्यसविरुद्ध हसिनाले कडा प्रतिस्पर्धी बेगम खालिदा जियासँग मिलेर सडक आन्दोलन गरेकी थिइन् ।

बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी जेठी छोरी हसिना बहुदलीय चुनाव जितेर पहिलो पटक १९९६ मा सत्तामा पुगिन । तर, २००१ को चुनाव हारिन्, बीएनपीकी खालिदा जियाले जितिन् । यी दुई महिलालाई यहाँ ‘जुधिरहेका बेगम’ पनि भन्ने गरिन्छ ।

खालिदा जिया अहिले भ्रष्टाचार आरोपमा नजरबन्दमा छिन् । उनी नहुँदा बीएनपीलाई गतिशील नेतृत्वको खाँचो छ । यो समस्यालाई विपक्षी नेताहरुको योजनाबद्ध गिरफ्तारी र सजायले अझ बढाइदिएको छ ।

बीएनपीलाई घुँडा टेकाउन अवामी लिगले जानीजानी यसो गरेको धेरैको आरोप छ । कतिपय जेल पर्नबाट जोगिन लुकेर बसेका छन् । अन्तर्राष्ट्रिय संघसंस्थाले मानवअधिकारको स्थिति खराब हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अदालतलाई हतियार बनाइएको उनीहरुको आरोप छ । तर, कानुनमन्त्री हक अदालतसँग सरकारको कुनै सरोकार नभएको दाबी गर्छन् । ठूलो संख्यामा गिरफ्तारी र दोषी करार गर्ने घटनाबाट मात्रै अधिकारवादी समूहहरु चिन्तित भएका होइनन् ।

२००९ यता जबर्जस्ती बेपत्ता तुल्याइएका र सुरक्षा फौजले गैरन्यायिक हत्याका सयौँ घटना अभिलेखमा राखिएको उनीहरु बताउँछन् । सरकारले भने यसको खण्डन गर्छ ।

तर,यस्ता घटनामा अनुसन्धान गर्न चाहने विदेशी पत्रकारको भ्रमणलाई पनि रोक्छ । स्थानीय पत्रकारहरुले सुरक्षाको डरले यस्ता घटनाको खोजी गर्नै छाडिसकेका छन् ।

२०२१ मा बंगलादेशको कुख्यात अर्धसैनिक बल ¥यापिड एक्सन बटालियनविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएपछि गैरन्यायिक हत्याको संख्यामा निकै कमी आएको छ । तर, समग्र मानव अधिकारको अवस्थामा सुधार आएको छैन् ।

बंगलादेश चीनपछि विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता हो । गत वर्ष मात्र उसले ४५ अर्ब डलरको तयारी कपडा निर्यात ग¥यो । मुख्यगरी युरोप र अमेरिकामा ।

त्यसैले, धेरैको प्रश्न छ, यत्रो प्रभाव हुँदाहुँदै पश्चिमा मुलुकहरु किन हसिनालाई लोकतान्त्रिक संस्थाहरु ध्वस्त पार्न छाडिदिन्छन ? यहाँ छिमेकी भारत उसको सबैभन्दा ठूलो कवच बनेको छ ।

जसले बंगलादेशविरुद्धको दबाबमूलक कदमको विरोध गर्छ । यसको एक कारण हो, उसको स्वार्थ । भारत आफ्ना पूर्वोत्तरका ७ राज्यमा बंगलादेश हुँदै सडक र जल यातायातको पहुँच चाहन्छ ।

भारत ‘चिकेन नेक’ करिडोरलाई लिएर पनि चिन्तित छ । नेपाल, बंगलादेश र भुटानबीच रहेको २० किमि चौडा यो करिडोरले उत्तरपूर्वी भारतका राज्यहरुलाई बाँकी भारतसँग जोड्छ ।

चीनसँग सम्भावित जुनसुकै द्वन्द्वका बेला यो करिडोर रणनीतिक रुपले जोखिममा पर्ने दिल्लीका अधिकारीहरुलाई डर छ । त्यसैले पनि २००९ मा सत्तामा आए लगत्तै हसिनाले दिल्लीको साथ पाइन् ।

सीमा क्षेत्रमा सञ्चालित जातीय समूहविरुद्ध दमन गरेर उनले भारतको मन जितेकी थिइन् । त्यसमाथि बंगलादेशलाई ज्यादा दबाब दिने हो भने ऊ चीनतिर ढल्किने डर पनि छ ।

भारतसँग क्षेत्रीय प्रभुत्वका लागि प्रतिस्पर्धारत चीन बंगलादेशमा प्रभाव विस्तार गर्न इच्छुक छ । यस्तोमा अहिलेलाई हसिनाको सत्तायात्रामा कुनै बाधा देखिँदैन । तर, अन्य क्षेत्रबाट चुनौती आउन सक्छन् ।

ढाकाले भुक्तानीमा समस्या आउने डरले यसअघि नै अन्तर्राष्ट्रिय मुद्राकोषसँग ४.७ अर्ब डलर ऋण मागिसकेको छ । त्यसैले चुनावपछि अर्थतन्त्र उकास्न हसिना सरकारले कठोर कदम चाल्नुपर्ने हुनसक्छ ।

यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top