भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

२३ पुष,एजेन्सी ।
माल्दिभ्सका मन्त्रीसहित केही अधिकारीहरुद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आपत्तिजनक टिप्पणीपछि भारत र माल्दिभ्सबीच अहिले जुहारी चलिरहेका बेला राष्ट्रपति मोहम्मद मुइज्जु चीन पुगेका छन् ।

उनी पत्नी साजिदा मोहम्मदसहित आइतबार राती चीन भ्रमणमा निस्किएका हुन् । यो भ्रमण चीनका राष्ट्रपति सी जिंगपिंगको निमन्त्रणमा भएको हो । राष्ट्रपति मुइज्जूका साथ उच्च स्तरीय प्रतिनिधिमण्डल रहेको छ ।

एक वरिष्ठ अधिकारीले बताएअनुसार दुवै शीर्ष नेताहरु बीचको बैठकले रणनीतिक मार्गदर्शन प्रदान गर्नेछ । साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याइने पनि बताइएको छ ।

Advertisement

मुइज्जू र प्रथम महिला साजिदा मोहम्मद ८ देखि १२ जनवरीसम्म चीन भ्रमणमा रहने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले शुक्रवार बताएका थिए । मोहम्मद मुइज्जू चीन समर्थक राजनेताका रुपमा चर्चित छन् ।

उनले यसअघिको भारत पहिलो विदेश भ्रमणको परम्परालाई तोड्दै चीन गएका हुन् । यद्यपी यो उनको दोस्रो विदेश भ्रमण हो । यसअघि उनी टर्कि पुगेका थिए । त्यसपछि कोप २८ शिखर सम्मेलनका लागि दुबई गएका थिए ।

अहिले चीन भ्रमणमा रहेको मुइज्जूलाई चिनियाँ राष्ट्रपति सी जिंगपिंगले एक स्वागत समारोहको आयोजना गरेका छन् । सीले चीन र माल्दिभ्सबीच सदियौंदेखि मित्रता रहँदै आएको बताएका छन् ।

कुटनीतिक सम्बन्धको स्थापनापछि पछिल्ला ५२ वर्षमा दुवै देशले एकअर्कासंग सम्मानपूर्वक व्यवहार राखेका छन् । मुइज्जूअघि भने माल्दिभ्सका पूर्व राष्ट्रपतिहरुले भारत भ्रमणलाई पहिलो प्राथमिकतामा राख्दै आएका थिए ।

तर मुइज्जूले न केबल त्यो परम्परा तोडेका छन्, उनले वर्षौदेखि आफ्नो देशमा रहेका भारतीय सेनालाई पनि हटाउन लागेका छन् । यस्तै माल्दिभ्सले भारतसँगको हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता पनि खारेज गरेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top