‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? डा. चन्द्र भण्डारीले खोजे परिभाषा

२५ पुस ८०, बिहीबार

२६ पुष, काठमाण्डौ ।

नेपाल क्रिकेटका चर्चित क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै ८ वर्षको जेल सजाय तोकिएपछि सामाजिक संजालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । अदालतको फैसलापछि पीडित गौशाला २६ को भनिएको तस्विर सामाजिक संजालमा भाइरस भएपछि उनले थप कानूनी प्रक्रिया सुरु गरेकी छन् ।

आफ्नो तस्विर सार्वजनिक गरिदिने विभिन्न ६ वटा पेजविरुद्ध उनले साइबर ब्यूरोमा जाहेरी दिएकी छिन् । यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले गौशला २६ को तस्विर सार्वजनिक गरेको भन्दै आफ्ना एक कार्यकतालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

Advertisement

अर्कातर्फ सन्दीपलाई तोकिएको सजायका विषयमा विभिन्न टिप्पणी भइरहेका बेला सन्दीप र पछिल्लो घटनालाई उल्लेख नगरी कनै नेपाली कांग्रेसका चर्चित  तथा बौद्धिक नेता सांसद डा. चन्द्र भण्डारीले बलात्कारका घटना र कानूनी पक्ष उठान गरेका छन् । उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको आवश्यकता ।’ उनले सामाजिक संजालमा राखेको अभिब्यक्तिलाई नाम उल्लेख नगरेपनि धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर हेरेका छन् ।धेरैले उनलाई प्रतिक्रिया जनाउँदै कानून संशोधन गर्न सुझाएका छन् ।

Advertisement

भण्डारी गुल्मीका जननिर्वाचित सांसद हुन् । यसअघि  गण्डकी प्रदेशका सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्टाटस लेखेका थिए । बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए, ‘विदेशीको इशारामा एक होनाहार क्रिकेटरलाई बलि चढाइयो ।’  जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप भने उच्च अदालत जाने तयारीमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top