इस्लामिक स्टेटका ७० संदिग्ध टर्कीबाट प*क्रा*उ

२७ पुष,एजेन्सी ।

अपराधिक संदिग्धहरुविरुद्ध तीव्र खोजी अभियान संचालन गरिरहेको टर्कीले छापा मार्ने क्रममा इस्लामिक स्टेट (आईएस) समूहका ७० संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले प्रहरीले छापामारीमा ठूलो मात्रामा पैसा, डिजिटल सामग्री र हवाला बैंकिङ कारोबारका रसिदहरू बरामद गरेको बताएका छन् ।

टर्की सरकारले २०१३ मा आइएसलाई आतंकवादी संगठन घोषणा गरेको थियो । सिरियासँगको टर्कीको दक्षिणी सीमाना सन् २०११ मा देशमा गृहयुद्ध शुरु भएदेखि सिरियाली र विदेशी लडाकुहरूका लागि प्रमुख क्रसिङ प्वाइन्ट भएको छ । बिहीबार मात्रै टर्की प्रहरीले ३८ संदिग्धहरूलाई २०१६ मा कू को प्रयास गरेको आरोपमा पक्राउ गरेको थियो ।

Advertisement

संदिग्धहरू गुलेन आन्दोलनसँग जोडिएका थिए । गुलेन आन्दोलन मुस्लिम धर्मगुरु फेथुल्लाह गुलेनको नेतृत्वमा र नामाकरण गरिएको हो । अंकाराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनले कम्तीमा २५० जनाको ज्यान जाने गरी भएको ‘कु’ प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाएको छ ।

टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि कारवाही शुरु गरेको छ । उता इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए ।

Advertisement

उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरुमा आक्रमण गर्नुका साथै सवारीसाधनहरुमा आगजनी समेत गरेका थिए । उनीहरुको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी रहेको बताइएको छ ।

यता अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीवार भएको बिस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन् ।आतंकवादी हमलालाई दोष दिँदै जाद्रानले सुरक्षा बलहरूले देशका सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताए ।

दशत–ए–बर्ची इलाकामा यो दोस्रो आतङ्ककारी हमला हो । यसअघि शनिवार मिनी बसलाई लक्षित गरी भएको आक्रमणमा ५ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।यसैबीच उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ ।

उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो ।अफगानिस्तानको राजधानी काबुलमा, स्थानीय बासिन्दाहरू, भूकम्पको धक्का महशुस गर्दै, आफ्नो घर र अपार्टमेण्ट छोडेर भागेका थिए । भूकम्पको धक्का पाकिस्तानसम्म महशुस गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top