×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बम्जनलाई जेलको खाना रुचेन, मागे लसुनप्याज विनाको खाना

२७ पुष २०८०

२७ पुष, काठमाण्डौ ।
हत्या, बलात्कार लगायतका अभियोग लागेका कथित ‘तपस्वी’ रामबहादुर बम्जन यतिबेला महोत्तरीको जलेश्वर कारागारमा छन् । बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका बम्जनलाई त्यहाँ अरु कैदीबन्दीसँगै राखिएको छ । उनलाई अन्य कैदीहरुलाई जस्तै व्यवहार गरिएको जलेश्व कारागारका प्रमुख रामचन्द्र साहले बताएका छन् ।

तर अन्य कैदीबन्दीहरुलाई पकाएको खाना खान भने बम्जनले मानेनन् । कारागारमा कैदी–बन्दीले खाने गरेको खाना खान उनले अस्वीकार गरेका छन् । एक किशोरीमाथि यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले सबै कैदीबन्दीलाई पकाएको खाना खान अस्वीकार गरेका हुन् ।

Advertisement
Advertisement

‘उनले गएराति अरु कैदी बन्दीलाई बनाएको खाना खान मानेनन्,’ जलेश्व कारागारका जेलर साहले भने, ‘मलाई छुट्टै खाना बनाएर दिनु, बेसार, लसुन, प्याज हालेको दाल, तरकारी म खान्न भन्ने कुरा उनले गरेका छन्।’ बम्जनले लसुन, प्याज हालेका खानेकुरा खाना नमानेपछि अब उनलाई त्यहाँ रहेका अन्य जोगीहरुलाई पकाएको खानेकुरा दिने जेलर साहले बताए ।

साहले भने, ‘यहाँ उनीजस्ता (जोगी) ५÷७ जना कैदी छन् । अब हामी बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिन्छौँ।’ बम्जनलाई अरु कैदीबन्दीसँगै राखिएको साहले बताए । ‘उनलाई कुनै विशेष सुविधायुक्त ठाउँमा हामीले राखेका छैनौँ, अरु कैदीबन्दीसँगै राखेका छौँ,’ साहले भने, ‘जलेश्वर कारागारमा कुनै सुविधायुक्त कोठा पनि छैनन्। सबै एकै ठाउँमा बस्ने हो।’

बिहान आफूले कुरागर्दा बम्जनलाई शान्त देखेको जेलर साहले बताए । ‘उनी शान्त देखिएका छन्, अनुहारमा कुनै पीढाबोध छैन,’ उनले भने । गएको मंगलबार काठमाडौँबाट पक्राउ परेका बम्जनलाई बिहीबार राति प्रहरीले सर्लाही पु¥याइएको थियो । बिहीबारै सर्लाही जिल्ला अदालतमा पेस भएका बम्जन पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो । यसैबीच बम्जन पक्राउ परेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली थप अनुशन्धान गर्न उनको आश्रममा जाने भएका छन् । हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा सीआईबीको टोली पुनः बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जान लागेका हुन् ।

बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाँडेगाँउको आश्रमबाट २०६९ मा हेटौँडाका ५१ वर्षीय सञ्चलाल बाइबा, २०७१ मा नुवाकोटका २९ वर्षीया चिनिमाया तामाङ, मकवानपुरकी फूलमाया रुम्बा र बाराको खुमजोर आश्रमबाट सुरेशकुमार आलेलाई बेपत्ता पारेको आरोप बम्जनमाथि छ । यसअघि समेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद बस्तु फेला पारेको थियो ।

तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबीका अधिकारीले बताएका छन् । त्योबाहेक सीआईबीले उनको घरबाट बरामद गरिएको विभिन्न १६ मुलुकको अवैध रुपैयाँ र नेपाली रकमको स्रोतबारे समेत अनुसन्धान सुरु गरेको छ ।

सीआईबीले बम्जन बस्दै आएको काठमाडौंको बूढानीलकण्ठस्थित घरबाट तीन करोड ३४ लाख नगद रुपैयाँ बरामद गरेको थियो । त्यस्तै, करोडौँ पर्ने टोयोटाको हाइलक्स गाडी, मोबाइल लगायत समेत नियन्त्रणमा लिएको छ ।

Advertisement

बम्जन बस्दै आएको घरबाट सीआईबीको टोलीले बिहीबार समेत केही शंकास्पद बस्तु नियन्त्रणमा लिएको छ । मंगलबार १५ थान मोबाइल फोन बरामद गरेको सीआईबीले बिहीबार थप केही थान पेनड्राइभ, सीसीटीभी स्टोरेज र तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको हो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top