पृथ्वीनारायणलाई सल्लाह दिने बिसे नगर्ची को हुन् ?

२६ पुस ८०, शुक्रबार

२७ पुष, काठमाण्डौ ।

आज ३०२ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस । मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रम गरि उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायणलाई सम्झँदा बिर्सन नहुने नाम बिसे नगर्चीको हो ।

अरुले बिर्से पनि बिसे नगर्चीका सन्ततीले सम्झिएका छन् । त्यो पनि फरक तरिकाले । गोरखाको माझकोट नजिकै बस्दै आएका नगर्ची परिवारका सदस्यहरुले चन्द्रागीरी डाँडामा दमाह सहनाइका साथ सम्झिए । पृथ्वीनारायणका सारथी बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाउदै सम्मान व्यक्त गरेका हुन् ।

Advertisement

बिसे नगर्चीले पृथ्वीनारायणलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरेका थिए । त्यस समयमा सल्लाह लिन पृथ्वीनारायण शाह आफैँ बिसे नगर्चीकहाँ पुगेको इतिहास पाईन्छ । गोरखाबाट आएकी बिसेका सन्तति तिल कुमारीले बिसे नगर्चीको योगदानको कदर हुन नसकेको गुनासो गरिन् ।

उनले बिसेको सन्तानको खोजी गर्दै सम्मान सहायता उपलब्ध गराउन आग्रह गरिन् । पृथ्वीनारायण शाहको शालिकसँगै बिसे नगर्चीको शालिक राखेर सम्मान गर्न उनले आग्रह गरेकी छन् । बिसे नगर्चीका नाममा संग्रहालय बनाउनुपर्ने बताउँदै यसका लागि सरोकारबालादेखि सबै पक्षसँग उनले आग्रह गरेकी छन् ।

Advertisement

बिसे नगर्चीले एक रुपैँया निकालेर पृथ्वीनारायणतिर अर्पण गर्दै गोरखा राज्यको १२ हजार घरधुरीबाट १–१ रूपैया उठाउने जुक्ति बताएको इतिहासमा उल्लेख छ । त्यतिबेला गोरखाको वार्षिक आय ६ देखि ८ हजारसम्म इतिहासमा उल्लेख छ । सोही संकलित रकमबाट बनारसबाट हात–हतियार किनी ल्याएको इतिहासमा छ ।

युद्धका समयमा सैनिकलाई आवश्यक पर्ने कपडा, युद्ध विजयपछि बजाउने बाजामा नगर्ची परिवारको योगदान रहेको थियो । चन्द्रागिरी डाँडाबाट नै नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहले विशाल नेपाल बनाउने कल्पना गर्नुभएको इतिहास छ । पृथ्वीजयन्तीको दिन चन्द्रागिरीमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्न आम सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

चन्द्रागिरी डाँडामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण र उहाँप्रति श्रद्धाभाव प्रकट गर्न बिहानैबाट सर्वसाधारणहरु चन्द्रागिरी पुगेका थिए । यस्तै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुग्नुभएका इतिहासविद् ज्ञानमणि नेपालले तथ्यहरुको आधारमा भन्दा पनि अफवाहका आधारमा इतिहासको व्याख्या हुने गरेको भन्दै राष्ट्रनिर्माताप्रति राज्यले न्याय गर्न नसकेको बताए ।

कीर्तिपुरका नागरिकको नाक काटिएको विषय पनि वास्तविकता भन्दा फरक तरिकाले व्याख्या गरेको टिप्पणी उनले गरेका छन् । गोरखा माझकोटमा वि सं १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकालाई वि सं १८२६ मा पूर्णरुपले जितेपछि आधुनिक नेपालको जग बसेको मानिन्छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top