रेशम चौधरीः जेलबाट पार्टी खोले,माफी पाएर अध्यक्ष बने

२६ पुस ८०, शुक्रबार

२७ पुष, काठमाण्डौ ।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । उनी अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

Advertisement

अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । यसअघि भने रञ्जिता श्रेष्ठ पनि अध्यक्षमा दोहोरिन आकाँक्षी रहेको चर्चा थियो । तर निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले उम्मेदवारको सम्भावना बढेर गएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन् । नागरिक उन्मुक्तिले एक व्यक्ति एक पद लागू गर्ने बताएको थियो । अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।

०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि उनी पार्टीको संरक्षक थिए । रेशम तीनै तहको अदालतबाट टीकापुर घटनामा दोषी ठहरिएपछि जन्मकैदको सजाय भोगिरहेका थिए । तर २०७९ जेठ १५ गतेको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय माफी पाएर छुटे ।

रेशम टीकापुर नरसंहारमा मुछिएर जेल परेपछि रञ्जिताले २ वर्षअघि आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेकी थिइन् । आममाफी पाए देखिनै रेशमले खुल्ला राजनीतिमा सक्रियता बढाएका छन् । टीकापुरमा थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ मा १ बालक र ८ प्रहरीको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकार भनिएका रेशमलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो।

जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको र आफू निर्दाेष रहेको दाबी गर्दै उनले २०७६ वैशाख २९ मा उच्च अदालत दिपायलमा पुनरावेदन निवेदन पेस गरेका थिए। तर, उच्च अदालत दिपायलले २०७७ पुस २ गते जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। रेशमलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथग्रहण गराइएको थियो।

उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। कारागारबाटै रेशमले खोलेको नयाँ दल नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ३ र सुदूरपश्चिम प्रदेशसभामा ७ सिट जितेको छ।

पार्टीले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने ‘बटमलाइन’ बनाएको थियो। त्यही बटमलाइनलाई टेकेर चौधरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनी गणतन्त्र दिवसका अवसरमा जेलबाट छुटेका थिए । तर उनको आमामाफीविरुद्ध सर्वाेच्चमा दायर भएको रिट विचाराधीन अवस्थामा रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top