चीनलाई देख्नै नसक्ने नेता बने ताइवानको राष्ट्रपति

२९ पुष,एजेन्सी।
ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी भएका छन् । वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह ले पराजय स्वीकार गरेका छन् ।

ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन् । लाइको जित पछि आयोजित ¥यालीमा बोल्दै ताइवानकी वर्तमान् राष्ट्रपति साई इङ–वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको बताएकीछिन् । ताइवानको स्वतन्त्रता र लोकतन्त्रको लागि कुनै पनि चुनौती र दबाबले प्रभाव नपारेको भन्दै उनले मतदाताहरुलाई धन्यवाद दिइन ।

यस्तै राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताएका छन् । उनले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने पनि जनाए । अब लाइले चार महिनापछि मे २० तारेखमा ताइवानको राष्ट्रपतिको शपथ लिनेछन् ।

Advertisement

नयाँ राष्ट्रपति बन्ने भएका विलियम लाइलाई बेइजिङले ‘समस्या सिर्जना गर्ने’ नेता भन्दै आलोचना गर्दै आएको छ । शनिबार भएको राष्ट्रपति र संसदीय चुनावमा झण्डै एक करोड ९० लाख जनाले मतदान गरेका थिए । ताइवनाका सञ्चारमाध्यमहरूका अनुसार विलियम लाइ ५० लाख बढी मत प्राप्त गर्ने पहिलो राष्ट्रपति उम्मेदवार हुन् ।

बेइजिङले ताइवानका जनतालाई लाइको विरुद्धमा मतदान गर्न आग्रह गरेको थियो । शनिबार भएको निर्वाचनमा संसदको ११३ सिटका लागि पनि मतदान भएको थियो । राष्ट्रपति जितेपनि सत्तारुढ डेमोक्र्याटिक पिपुल्स पार्टीले ताइवानको विधायिकाको नियन्त्रण भने गुमाएको छ । उसले विधायिकाको ११३ सिटमध्ये ५१ सिट मात्र जितेको छ ।

Advertisement

कोमिन्ताङले ५२ सिट जित्ने अपेक्षा गरिएको छ भने तेस्रो पिपुल्स पार्टीले आठ सिट जितेको छ । कोमिन्ताङ पार्टीका राष्ट्रपति पदका उम्मेदवार हु–यु यीले विलियम लाइलाई बधाई दिँदै ताइवानका चुनौतीहरूको सामना सबै दलहरू मिलेर गर्नु पर्ने बताएका छन् । लाइले भने अमेरिकाजस्ता आफ्ना सहयोगीहरूलाई पूर्ववर्ती राष्ट्रपति साइ–इङ वेनको सन्तुलनमा राख्ने नीति अवलम्बन गर्ने बताउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top